सम्पादकीय :

झापा क्षेत्र नम्बर ३ मा नेपाली कांग्रेसको तर्फबाट २०७० मा सङ्घीय सांसद भएका नेता हुन् कृष्णप्रसाद सिटौला। उनलाई विकासप्रेमी नेताका रुपले पनि चिनिन्छ। २०७२ असोज ३ गते जारी भएको विध्यमान संविधानको मुख्य व्यक्ती पनि हुन्। गणतन्त्रवादी नेता, संघीय संविधान लेखक, अविचलित व्यक्तित्व हुँदाहुँदै पनि २०७४ मा तत्कालीन माओवादी र एमालेले राजावादीलाई बोके र उनलाई परजीत गरेका थिए। तर, संयोग यो निर्वाचनमा माओवादीसहित गठबन्धनको साझा उम्मेदवार उनै सिटौला छ्न्। उनको प्रतिद्वन्द्वीका रुपमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन छ्न्। यसपालि निर्वाचन क्षत्र नम्बर ३ का झापाली जनताले विवेक पुर्याउनुपर्छ। संविधान निर्माण कर्ताको रुपमा भूमिका खेलेका नेतालाई संविधान कार्यान्वयन गर्ने जिम्मा नदिनु बिडम्बना हो। राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिमा समेत क्षमता र योग्यता राख्ने सिटौलालाई यहाँ जनताले अनुमोदन किन नगर्ने? आफ्नो क्षेत्रमा उनले विकासको मुल फुटाएको सर्वाङ्ग छ।

सिटौलालाई भोट किन ?

विशेषत झापा जिल्लाको मुहार फेर्न, विकासका योजनाहरू ल्याउन तथा रोजगारीका अवसरहरू सिर्जना गर्न सिटौलाको अतुलनीय योगदान रहेको छ। विकास निर्माण तथा राजनैतिक जागरणका सन्दर्भमा सिटौला झापालीहरूका प्यारा नेता हुन्। उनको कार्यकालमा झापा क्षेत्र नम्बर ३ मा मात्र तीन अरबभन्दा बढीको काम भएको दाबी सुनिन्छ्न्। अहिले पनि त्यहाँ जुनसुकै पार्टीका जनताहरू सिटौला नै आउनु पर्ने चर्चा गर्छन्। पारशातीदेखि केचना जाने ४० किमीको बाटो उनकै पहलमा बनेको हो भने हुलाकी सडक भद्रपुर राजगडा पनि वहाँकै पहलमा पूरा भएको हो । भद्रपुरमा गिरिजाप्रसाद कोइराला स्मृति सभागृह बनाउन विशेष योगदान छ। उनले मेची अञ्चल अस्पताललाई मेडिकल कलेजका रूपमा स्थापना गर्नका निम्ति प्रक्रिया अघि बढाएर २० करोड रुपैयाँ यसै आर्थिक वर्षको बजेटमा समावेश गराएका थिए। त्यसै गरी पाठामारी चालुबाडी सडक १५ किमी को प्रारम्भ, सहिद नेत्रमार्ग गरामनी- जलथल चारकोसे जङ्गल हुँदै पथरिया ३२ किमी सड़क सर्भे गराएर त्यसलाई पूरा गराउने लक्ष्य गरनुभएका सिटौला जनताको मन जितेका सवैका पृय नेता हुनुहुन्छ। तसर्थ मंसिर ४ गते रुख चिन्हमा मतदान गरि फेरि पनि जनताको सेवा गर्ने अवसर दिनु पर्दछ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार