काठमाडैँ । राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेले जेल भित्र नै क्रिकेट खेलन सुरु गरेका छन् । आदालतले थुनामा पठाउने अदालतसँगै तनावमा रहेका सन्दीपले मन बुझाउनका लागि र समय फाल्नकै लागि जेलभित्र घुलमिल हुन र सामीप्यता बढाउन उनी अन्य कैदीबन्दीसँग क्रिकेट खेल्न थालेका छन् ।

जबर्जस्ती करणी मुद्दामा पुर्पक्षका लागि थुनामा पठाइएका राष्ट्रिय क्रिकेट टिमका निलम्बित कप्तान सन्दीप लामिछानेमा पनि बल र ब्याटप्रतिको मोह जेलभित्र पनि उस्तै रहेको केन्द्रीय कारागारका जेलर ईश्वर पाण्डे बताउँछन् ।

जेलर पाण्डेका अनुसार उनी अहिले जेलभित्रै पनि क्रिकेट खेल्न थालेका छन् । सुन्धारास्थित भद्र बन्दीगृहभित्र रहेको खेलमैदानमा कैदीबन्दीसँग उनी क्रिकेट खेल्ने गरेका छन् । सन्दीपको यो रुचिमा अन्य कैदीबन्दी र जेल प्रशासनको पनि सहयोग छ ।

सन्दीप हिरासतमा रहँदादेखि पुपक्षका लागि जेल चलान भएसँगै उनी निकै तनावमा थिए । तर पछिल्ला दिनमा उनले समय बिताउने एउटा माध्यम बनेको छ क्रिकेट । जेलभित्र टेनिस बलमा क्रिकेट खेल हुने गरेको छ। सन्दीप पनि टेनिस बलमै खेल्छन्। भद्र बन्दीगृहमा करिब एक हजार कैदीबन्दी रहेकामा अधिकाशंले सन्दीपलार्य चिनेको हुनाले धेरै कैदीबन्दीहरु उनीसाग खेल्न रुचाउँछन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार