प्यूठान, २३ कात्तिक :प्यूठानमा जीप दुर्घटना भएको छ । प्यूठान नगरपालिका–५ खैराबाट पूर्णगाउँतर्फ जाँदै गरेको लु १ ज ३७०७ नम्बरको जीप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय प्यूठानका सूचना अधिकारी सुशील थापा मगरका अनुसार दुर्घटनामा खुमन थापा, बच्ची थापा जुनकी र मैमा घर्तीको मृत्यु भएको हो । दुर्घटनामा १२ जना घाइते भएका छन् । जीप मंगलबार मध्यरात दुर्घटनामा परेको हो ।

यो पनि : डोटीमा भूकम्पः मृत्यु हुनेको संख्या ६ पुग्यो:डोटीमा भूकम्पका कारण घर भत्किएर पुरिँदा मृत्यु हुनेको संख्या ६ पुगेको छ । मध्यराति २ बजेर १२ मिनेटमा गएको भूकम्पमा घर भत्किँदा पूर्वी चौकी गाउँपालिका–३ को ठाडा गाउँका ६ जनाको मृत्यु भएको हो । मध्य रातमा खप्तड राष्ट्रिय निकुञ्जलाई केन्द्रबिन्दु बनाएर ६ दशमलव ६ म्याग्निच्युडको भूकम्प गएको थियो । भूकम्पका कारण अन्य केही घाइते भएका छन् ।सो भूकम्पको धक्का भारतको राजधानी नयाँ दिल्लीलगायतका सहरमा महसुस गरिएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार