पाकिस्तान आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार भएको पहिलो सेमिफाइनलमा न्युजिल्यान्डलाई ७ विकेटले हराउँदै पाकिस्तान फाइनलमा पुगेको हो । सिड्नीमा न्युजिल्यान्डले दिएको १५३ रनको लक्ष्य पछ्याएको पाकिस्तानले १९ ओभर १ बलमा ३ विकेट गुमाउँदै लक्ष्य पूरा गर्यो ।

पाकिस्तानका लागि मोहमद रिजवान र बाबर आजमले अर्धशतकीय परी खेले । ४३ बल खेलेका रिजवानले ४ चौका सहयोगमा ५७ रन बनाए । त्यस्तै ४२ बल खेलेका बाबरले ७ चौकाको सहयोगमा ५३ रन बनाए । पाकिस्तानका लागि महमद हरिसले ३० रनको योगदान गरे ।

बलिङतर्फ न्युजिल्यान्डका लागि ट्रेन्ट बोल्टले दुई विकेट लिए । त्यस्तै मिचेल स्टेनरले एक विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १५२ रन बनाएको थियो । न्युजिल्यान्डका लागि डेरी मिचेलले अर्धशतकीय पारी खेले । ३५ बल खेलेका उनले ३ चौका र १ छक्का प्रहार गर्दै ५३ रन बनाए ।

त्यस्तै कप्तान केन विलियमसनले ४६ रन बनाउँदा डेभोन कनवेले २१ रन जोडे । पाकिस्तानका लागि साहिन शा अफ्रिदीले दुई विकेट लिए । त्यस्तै मोहमद नवाजले एक विकेट लिए । पाकिस्तानले अब फाइनलमा भारत र इङ्ल्यान्डबीचको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल भोलि हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार