बाह्रदशी- झापा ,२३ कात्तिक । लोकतान्त्रिक बाम गठबन्धन झापा ३ ले आज चुनावमा युवा परिचालन र रणनीति सम्बन्धि प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । बाह्रदशी गाउँपालिका र हल्दिवारी गाउँपालिका स्तरीय बेग्लाबेग्लै प्रशिक्षण कार्यक्रममा करिब २ हजार युवाहरूको उपस्थिति रहेको थियोे ।

प्रशिक्षण कार्यक्रममा काङ्ग्रेस नेता तथा प्रतिनिधि सभा सदस्य कृष्ण प्रसाद सिटौलाले भयरहित भएर युवाहरू प्रत्येक मतदाताको घरघरमा पुगेर लोकतान्त्रिक बाम गठबन्धनका उम्मेद्बारलाई भोट माग्न आह्वान गर्नु भएको छ ।

लोकतन्त्रको रक्षा र दिगो बिकासका लागि अहिले को गठबन्धन भएको प्रष्ट गर्दै नेता सिटौलाले ५ बर्ष सम्म सहमतिका साथ गठबन्धनले काम गर्ने भएकोले कसैको धाक धम्की संग नडराई निर्वाचनमा अगाडि बड्न युवाहरू एक हुन जरुरी भएको प्रष्ट गर्दै सबैको साथ र सहयोगका साथ अगाडि बड्ने प्रतिबद्धता समेत जायर गर्नुभएको थियोे ।

आफ्नो निर्वाचन क्षेत्रमा गणतन्त्रबादी र राजाबादी बिच चुनाब हुनलागेकोले सबै मिलेर राजतन्त्रको मरेको पिसासलाई मेची नदिमा लगेर दाहा सस्कार यहि मङ्सिर ४ को निर्वाचनमा गर्न युवाहरूको महत्त्वपूर्ण भुमिका रहेने नेता सिटौलाको भनाई थियोे ।

उक्त प्रशिक्षण कार्यक्रममा माओवादी नेता तथा प्रदेशको २ का उम्मेद्बार पूर्णसिंह राजवन्सि ,संविधान सभा सदस्य मोहन टुडु लगायतले सम्बोधन गर्नुभएको थियोे ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार