म्यानचेस्टर सिटी लिग कप (काराबाओ कप) फुटबलको चौथो चरणमा प्रवेश गरेको छ । बुधबार राति भएको तेस्रो चरणको खेलमा सिटीले चेल्सीलाई २-० ले हरायो । घरेलु मैदानमा सिटीलाई जिताउन रियाद महारेजले ५३औ र गुलियन अल्भारेजले ५८औं मिनेटमा गोल गरे । पराजित चेल्सी लिग कपबाट बाहिरिएको छ ।

लिग कपकै अन्य खेलमा लिभरपुलले डर्बी काउन्टीलाई पेनाल्टी सुटआउटमा ३-२ ले हराएर चौथो चरणमा स्थान बनाएको छ । उता प्रिमियर लिगमा उत्कृष्ट प्रदर्शन गरिरहेको आर्सनल भने ब्राइटनसँग ३-१ ले पराजित हुँदै लिग कपबाट बाहिरिएको छ । आर्सनलले पहिले अग्रता लिएपनि जोगाउन सकेन । प्रिमियर लिग क्लबहरु न्युकासल, साउथह्याम्पटन, नटिङहम फरेस्ट र वल्भस पनि जित निकाल्दै चौथो चरणमा प्रवेश गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार