आईसीसी टी–ट्वान्टी विश्वकपमा आज बिहीबार दोस्रो सेमिफाइनल खेलमा भारत र इङ्ग्ल्यान्ड भिड्दैछन् । एक–एक पटकका च्याम्पियन दुवै टोली आजको खेलमा जित निकाल्दै पाकिस्तानसँगको भेट पक्का गर्ने योजनामा छन् ।

एडिलेट ओभलमा हुने भारत र इङ्ल्यान्डबीचको खेल नेपाली समयअनुसार दिउँसो १:४५ मा सुरु हुनेछ । पहिलो संस्करणको उपाधि जितेको भारत दोस्रो उपाधिको नजिक पुग्न चाहन्छ । भारतले सन् २००७ मा विश्वकपको उपाधि जितेको थियो ।

भारत २०१४ को विश्वकपमा पछिल्लो पटक फाइनलमा पुगेको थियो । आजको खेलमा जित निकाल्दै भारत तेस्रो पटक फाइनलमा पुग्ने योजनामा छ । यता एक पटकको विजेता इङ्ग्ल्यान्ड पनि दोस्रो उपाधिको नजिक पुग्ने योजनामा छ । इङ्ल्यान्डले सन् २०१० को तेस्रो संस्करणको टी–ट्वान्टी विश्वकपको उपाधि जितेको थियो । इङ्ल्यान्ड २०१६ को विश्वकपमा फाइनल पुगेको थियो ।

भारत र इङ्ल्यान्डबीच टी–ट्वान्टी अन्तराष्ट्रियमा हालसम्म २२ खेल हुँदा भारत १२ र इङ्ग्ल्यान्ड १० खेलमा विजयी भएका छन् । पछिल्ला पाँच भेटमा भने भारत हाबी भएको छ । भारत चार खेलमा विजयी हुँदा एक खेलमा इङ्ग्ल्यान्ड विजयी भएको छ । विश्वकपको पहिलो सेमिफाइनलमा बुधबार पाकिस्तानले न्युजिल्याण्डलाई ७ विकेटले पराजित गरि फाइनलमा स्थान बनाइसकेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार