फाल्गुनन्द युवा परिवार आयोजित चौथो संस्करण १३८ औ महागुरु फाल्गुनन्द जन्मजयन्ती ज्येष्ठ नागरिक सम्मान एवम् सांस्कृतिक कार्यक्रम भोलि हुने भएको छ । नेपालका ख्याति प्राप्त कलाकार हरुको प्रस्तृति सहित युवा परिवारले फाल्गुनन्द जयन्तीको अवसरमा सांस्कृतिक कार्यक्रम मार्फत मनोरञ्जन दिने छ्न ।

राष्ट्रिय कलाकार नेपाल आइडल सिजन ४ का फष्ट रनर अप नामगेल तामाङ्ग, भ्वाइस अफ सिजन ४ नगाउक रउडमा प्रवेश गरेकि गायिया सबिना योङ्हाङ, नेपालका चर्चित हास्य कलाकार बिक्रम धिमाल, चर्चित ब्याण्ड द भित्ते पात्रो, पुर्वका चर्चित डान्स स्टुडियो एम जे डान्स स्टुडियोका डान्सिङ स्टारहरु, अन्तर्राष्ट्रिय स्तरका कार्यक्रम सञ्चालिका भुमिका सुब्बा, साथै स्थानीय कलाकारहरुको बेजोड प्रस्तुति रहने आयोजक परिवारले जनाएको छ ।

जन्म जयन्ती पुजाको बिहान समय ६ देखि १० बजे सम्म, ज्येष्ठ नागरिक सम्मान १ देखि ५ बजे सम्म, सांस्कृतिक कार्यक्रम साझको ६ देखि १० बजे राति सम्म हुने छ हल्दिवारी – १ साविक गोलधाप फाल्गुनन्द्चोक कार्यक्रम हुने स्थान रहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार