गत भदौ महिनाको तुलनामा असोज महिनामा श्रमका लागि विदेश जाने नेपालीको संख्यमा कमी आएको छ । बितेको असोज महिनामा ६२ हजार ७०७ जना नेपाली कामको खोजीमा विदेश गएका छन् । गत भदौमा यसरी विदेशिनेको संख्या ७६ हजार ४०३ जना थियो । गत साउन महिनामा ६३ हजार ३९ जना नेपाली कामका लागि विदेशिएका थिए ।

असोजमा औसत २ हजार ९० जना नेपाली श्रमका लागि विदेश गएको विभागको तथ्यांकमा देखिन्छ । भदौयता यस्तो औसत संख्या करिब २ हजार ५ सय थियो । असोजमा विदेशिनेमध्ये सबैभन्दा धेरै मलेसिया गएका थिए । एक महिनाको अवधिमा २७ हजार ६२ जना मलेसियामा रोजगारीका लागि पुगेका छन् ।

महामारीका कारण लामो समय बन्द रहेको मलेसियाको रोजगारी खुलेसँगै केही महिनादेखि त्यहाँबाट डिमान्ड बढेको छ । यसले गर्दा मलेसियामा पनि रोजगारीका लागि जानेको संख्या उच्च हुँदा विदेशिनेको संख्या नै औसतभन्दा बढी छ । असोजमा कतारमा ९ हजार ८४५, यूएईमा ७ हजार ८४५, साउदी अरेबियामा ६ हजार ५३६, कुवेतमा ३ हजार ४९७ र कोरियामा १ हजार ९१८ जना नेपाली श्रमिक पुगेका छन् ।

असोज महिनाको तथ्यांकअनुसार ३७ हजार ४१२ जना श्रमिकलाई म्यानपावर कम्पनीले नै भिसा प्रक्रिया पूरा गरेर विदेश पठाएका छन् । बाँकी भने श्रम स्वीकृति नवीकरण तथा व्यक्तिगत किसिमका श्रम स्वीकृतिबाट विदेश गएका हुन् । असोज महिनामा ४४ हजार ३४ जना श्रमिकले नयाँ श्रम भिसा (संस्थागत तथा व्यक्तिगत) मा विदेश जाने अवसर पाएका छन् । भदौमा यस्तो नयाँ श्रम भिसामा विदेश जाने नेपालीको संख्या ५७ हजार ९९३ थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार