विभागीय टोली त्रिभुवन आर्मी क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको दोस्रो सेमिफाइनलमा नेपाल पुलिस क्लबलाई २ विकेटले हराउँदै आर्मी फाइनलमा पुगेको हो । कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा पुलिसले दिएको ३०५ रनको लक्ष्य आर्मीले ४९ ओभर ५ बलमा ८ विकेट गुमाएर पूरा गर्यो । आर्मीका लागि रोहित पौडेल र हरि चौहानले अर्धशतकीय पारी खेले । रोहितले ८९ रन बनाउँदा हरिले ७५ रन बनाए । आर्मीका राजेश पुलामीले अविजित ४३ रन बनाउँदा कप्तान विनोद भण्डारीले ३२ रन जोडे ।

पुलिसका करण केसीले ६ विकेट लिए । राशिद खान र ललित राजवंशीले एकरएक विकेट लिए । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पुलिसले ५० ओभरमा ४ विकेट गुमाएर ३०४ रन बनाएको थियो । पुलिसका लागि कप्तान दीपेन्द्र सिंह ऐरीले शतकीय इनिङ खेले । दिपेन्द्रले १२५ बल खेल्दै ११ चौका र ५ छक्काको सहयोगमा १४० रन बनाए ।

त्यस्तै आरिफ शेखले अविजित रहदै ९१ रनको अर्धशतकीय पारी खेले । पुलिसका लागि कुशल भुर्तेल ३१ बनाउँदा सुनिल धमलाले १३ रनको योगदान गरे । आर्मीका लागि बिक्रम सोबले तीन विकेट लिए । सुशन भारीको नाममा एक विकेट लिए । अब उपाधिका आर्मीले एपीएफ क्लबको सामना गर्नेछ । फाइनल खेल शनिबार हुनेछ ।  ratopati

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार