देशका विभिन्न भागमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ताप्लेजुङको फुङलिङ नगरपालिका-८ दोखु ढुङगेस्थित सडकमा खोक्सेबाट सुकेटारतर्फ जाँदै गरेको प्रदेश १-०२-००३ ह ३९०० नम्बरको अटो आफै अनियन्त्रित भई सडकबाट अन्दाजी १ सय ५० मिटर भिरमा खसेर शनिबार बिहान दुर्घटना हुँदा अटोमा सवार पाथिभरा याङबरक गाउँपालिका-१ बस्ने ७५ वर्षीय धन बहादुर गुरुङ र उनकै नाती ११ वर्षीय इशान गुरुङको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका अटो चालकलाई उपचारको लागि जिल्ला अस्पताल पठाइएको छ ।

यता सर्लाहीको ईश्वरपुर नगरपालिका-९ खोरिया टोलस्थित सडकमा बयलवासबाट नाढिमनतर्फ जाँदै गरेको हाल नम्बर नखुलेको मोटरसाइकल अनियन्त्रित भई शुक्रबार राति दुर्घटना हुँदा मोटरसाइकल चालक चन्द्रनगर गाउँपालिका-६ बस्ने ३५ वर्षीय बिजय मुखियाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सिद्धिबिनायक अस्पताल बयलवासमा उपचारको क्रममा मृत्यु भएको हो ।

ईलामको सूर्योदय नगरपालिका(३ बौद्दधामस्थित सडकमा फिक्कलबाट पशुपतिनगरतर्फ जाँदै गरेको मे.८ प ९२४४ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई सडक छेउमा पार्किङ गरी राखेको बा.८६ प १३५५ नम्बरको स्कुटरमा ठक्कर खाई शुक्रबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २६ वर्षीय सन्देश शेर्पाको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको फिक्कल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

त्यस्तै डोटीको के।आई सिह गाउँपालिका-४ काफलीस्थित सडकमा ना.२ ख ६८२७ नम्बरको ट्याङ्कर सडकबाट अन्दाजी ८० मिटर तल खसेर शनिबार बिहान दुर्घटना हुँदा ट्याङकर चालक डडेल्धुरा आलिताल गाउँपालिका-८ बस्ने ३८ वर्षीय दान बहादुर धामीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार