बुधबारे । पछिल्लो समय डेंगु संक्रमणको जोखिम बढ्दै गएको छ। डेंगुले दैनिक दर्जनौँ मानिसको ज्यान समेत लिदैँ आएको छ । डेंगु संक्रमणको जोखिम दैनिक बढ्दै गएको भन्दै बुधबारे जेसीजले डेंगु संक्रमण हुन सक्ने सम्भावित क्षेत्रहरुमा गरिव तथा विपन्न परिवारलाई किटनाशक झुल वितरण कार्यक्रमलाई निरन्तरता दिईरहेको छ ।

केहीदिन अघि बुद्धशान्ति गाउँपालिका वडा नम्बर २ का १ सय ५० बढी घरपरिवारलाई किटनाशक झुल वितरण गरेको थियो । आज शनिबार समेत बुद्धशान्ति ३ पुलचोक छेउ किराना बस्तीका विपन्न ७५ घरपरिवारलाई किटनाशक झुल वितरण गरिएको बुधबारे जेसीज बर्ष २०२२का अध्यक्ष मुकेश भट्टराईले बताएका छन् । उनले बुधबारे जेसीजका पदाधिकारीको जन्मदिनको अवसर पारेर ’जन्मदिन खास दिन’ कार्यक्रम अन्तर्गत बिभिन्न गतिविधि सञ्चालन हुँदै आएका समेत सुनाए ।

यतिवेला देशभर डेंगु संक्रमण बढेकाले सचेतना स्वरुप झुल बितरण कार्यक्रम गरिएको कार्यक्रम संयोजक दुर्योधन देव सिंहले बताएका छन् । बुधबारे जेसीजका सदस्य दुर्योधन देव सिंहको जन्मदिनको अवसर पारेर झुल वितरण गरिएको कार्यक्रमका सञ्चालक तथा महासचिव अर्जुन ढकालले बताएका छन् ।

कार्यक्रममा बुधबारे जेसीजका पूर्वअध्यक्ष नन्दुयाफु राईले बर्ष भरिको आम्दानीबाट बचाएको रकमलाई आफ्नो जन्मदिनको अवसरमा खर्च गर्ने जेसीजको अभियान रहेको उल्लेख गरेका थिए । उनले स्थापनाकाल देखी नै आफ्ना कार्यक्रम मार्फत बुधबारे जेसीजले समाजमा टेवा पुर्याइरहेको स्मरण गराएका थिए ।

कार्यक्रममा बुधबारे जेसीजका कोषाध्यक्ष बिनोद रिजालले कार्यक्रमको औचित्यमाथी प्रकाश पारेका थिए भने उपाध्यक्ष राज पौडेलले आस्था पाठ बाचन गरेका थिए । कार्यक्रममा जेसीजका पदाधिकारी लगायत स्थानीयको उपस्थिति रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार