आदर्णिय मतदाताहरूलाई अपिल
२०७४ सालको स्थानीय तहको नतिजाअनुसार पहिलो दल एमाले, दोस्रो नेपाली काङ्ग्रेस,  तेस्रो माओवादी केन्द्र थियो, २०७४ मङ्सिरमा हुने सङ्घीय र प्रदेश निर्वाचनमा ,नेपाली काङ्ग्रेससंग सरकारमा बसेको माओवादी केन्द्र संगै सुतेको दललाई थाहा नै नदिई , दुई कमरेडहरू केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड बिच तालमेलमा निर्वाचनमा जाने र सरकार बनिएको दुई महिना भित्र दुबैदल एकिकरण गर्ने सहमति भएपछि नेकपा बन्यो  निर्वाचन परिणाम अनुसार १७४ सिट नेकपाले प्राप्त गरेपछि सरकार बनायो, देशकै लोकतान्त्रिक ठूलोदल नेपाली काङ्ग्रेसलाई प्रत्यक्ष तर्फ २३ सिटमा सिमित  बनाएको स्मरणीय छ।

२०७९ को स्थानीयतहको परिणाम अनुसार नेपाली काङ्ग्रेस पहिलो, दोस्रो एमाले र तेस्रो माओवादी भएपछि २०७९ मङ्सिर-४ मा हुने सङ्घीय र प्रदेश सभा निर्वाचनमा , पहिलो र तेस्रो दल मात्र हैन, एमालेबाट नै बिभाजन भई बनेको एकीकृत समाजवादी समेत गठबन्धनमा भएपछि एमालेको परिणाम कस्तो आउछ सबै मतदाताहरूलाई  थाहा छ, स्वयम एमालेलाई पनि पीडाबोध भइरहेको छ। त्यसैले प्रचार प्रसार गर्ने क्रममा एमालेले आफ्नो कामहरू भन्न सक्दैन र भन्छन काङ्ग्रेसले के गर्यो ? यो रोईलो आउनू स्वभाविक पनि हो। हिजो प्रत्यक्षमा तेस सिटमा सिमित गरेको मनमा झलझल आउदो नै होला, आज हामीलाई त्यो भन्दा तल झार्ने भयो भनेर बाहिर हाँसे पनि मन रोइरहेको नै छ। “मुटुमाथि ढुङ्गा राखि हाँस्नु पर्याछ”  भन्ने गीत साबित भएको छ।

 दुई कम्युनिस्ट पार्टी भएपनि फरक/ फरक धार र बिचारबाट बनेका पार्टीहरू बिचको एकता किन तुहिएर गयो, किन एक हुन सकेनन भन्ने हामीले बुझेका छौ, २०६३ मङ्सिर-५ गते नेपाल सरकार र बिद्रोही पक्ष माओवादी बिच बिस्तृत शान्ति सम्झौता गराउन पुलको भुमिका निर्वाह गरेका तत्कालिन काङ्ग्रेसका महामन्त्री कृष्णप्रसाद सिटौलाको अहम भुमिका रहेकोछ। सो कुरा महामन्त्री बिश्वप्रकाश शर्माले २०७९ मङ्सिर-२५ गते भद्रपुरमा भएको चुनावी कोणसभामा भन्नुभएको हो। शान्तिसम्झौता भएपछि नीतिले सबै राजनीतिक पार्टीहरू एक भएका थियौ, तर पनि नियतिले एकहुन सकिरहेका थिईनौ। २०७७ पौष-५ र २०७८ जेठ-८ गते केपी ओलीले दुई पटक संसद बिघटन गरे , त्यसपछि पाॅच राजनीतिक दल एक ठाउँमा उभिन सफल बनेका छन।

हिजो राजनैतिक परिवर्तन गरेउ, अब राजनीतिमा परिवर्तन गर्नु पर्छ भनि १,२,३,४,सहित चौबिस बुँदे अवधारणापत्र प्रस्तुत गर्ने महामन्त्री बिश्वप्रकाश शर्मा नेपाली काङ्ग्रेस मात्र हैन देशको आवश्यक्ता रहेको पुर्व महामन्त्री कृष्णप्रसाद सिटौलाको भनाइ छ।

साथीहरू हामी कही कतै अलमलिनु पर्ने समय छैन, नीतिले एकठाउॅ उभ्याउन सफल भएपनि उभिन सफल बनेका थिएनौ,  संसद बिघटनले ल्याएको रिक्त ठाउँ भर्नका लागि नियतिले एक ठाउँमा उभ्याउन सफल भएको छ, हामीले उमेदवार परिचय र अर्जुन दृष्टि कार्यक्रम गरेर निर्वाचन प्रचारप्रसार अभियानमा जुटि सकेका छौ, त्यसो भएको हुँदा कसैलाई दायाँ न बाॅया गर्ने छुट छैन, द्रोणाचार्यले आफ्नो शिष्यलाई सोधेको प्रश्नमा अर्जुनले भने गुरूवर मैले त्यो रूखको हाँगामा बसेको चराको आँखा देखिरहेको छु भने पछि , अर्जुन तिमीसंग भएको युद्धकलालाई सही ठाउँमा उपयोग गर तिम्रो बिजय निश्चित छ भन्ने गुरूवरले भन्नुभयो।

 त्यसैले पाँच दलीय गठबन्धनका कार्यकर्ताहरूले नेपाल अधिराज्यभर सतहत्तर जिल्लाको नेपाली काङ्ग्रेसको तर्फबाट सङ्घीय र प्रदेससभा सासंदका उमेद्वार उठेको ठाउँमा  रूख , चिन्हमा, माओवादी केन्द्रबाट उमेदवार उठेको ठाउँमा गोलाकार भित्रको “हँसिया हथौडा” चिन्हमा र एकीकृत समाजवादीको कलम चिन्हमा र लोकतान्त्रिक समाजवादी पार्टी उठेको ठाउँमा साइकल चिन्हमा र संयुक्त जनमोर्चा उठेको ठाउँमा गिलास चिन्हमा छाप लगाई पाँचदलीय गठबन्धनलाई बिजयी गराउनहुन हार्दिक अपिल र अनुरोध गर्दछु।

हामीलाई यो पनि थाहा छ कि खाना खाइ सकेपछि सलाद खान्छौ, सलादमा काँक्रा,  गाजर, मुला, गोलभेँडाको सलाद खाइन्छ तर सलादको बोट हुदैन। सलादको बोट बनाउने ठाउमा पुग्यौ भने हामी असफल बन्नेछौ, गोलभेँडा र काँक्रोको बोट एउटै बनाएर रोप्यौ भने कुहिएर जान्छ, हिजो एमाले र  माओवादीको पनि भएको त्यही हो, त्यसैले हामीले निर्वाचनमा गठबन्धनलाई मजबुत बनाउन लागेका छौ। हामी आ-आफ्नो दलमा नै बसेर विकासलाई निरन्तरता दिने कुरामा दुईमत छैन।

 बिश्वप्रकाश शर्मा भन्छन हामीले घोषणापत्रको पहिलो बुँदामा हामी पाँच बर्ष संसद बिघटन गर्ने छैनौ, र अर्को बुँदामा “तीन त्रिहत्तर” तीन बर्ष मुनिका बालबालिका र त्रिहत्तर बर्ष माथिका बृद्ध बृद्धालाई निःशुल्क उपचार गराउने छौ, हामी एमालेले गरेको डाइनोसर जस्तो बिकास हैन आँखाले देखिने विकास गर्ने छौ।

नेपाली काङ्ग्रेसका महामन्त्री एवम झापा क्षेत्र नम्बर १ सङ्घीय संसदका उमेदवार बिश्वप्रकाश शर्मालाई, प्रदेश सभा “क” मा गोपाल तामाङलाई “रूख” चिन्हमा छाप लगाई बिजयी बनाऔ साथै प्रदेश सभा “ख” मा श्यामबिर लिम्बु सौभाग्यलाई “गोलाकार भित्रको हँसिया हथौड़ा” चिन्हमा  छाप लगाई बिजयी बनाउन आदर्णिय मतदाताहरूलाई हार्दिक अपिल र  अनुरोध गर्दछु। धन्यबाद

नारायणबहादुर बस्नेत
मेचिनगर:- ८ झापा

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार