नेकपा एमालेका महासचिव शंकर पोखरेल पराजित भएका छन् । दाङ क्षेत्र नम्बर २ बाट पोखरेल नेकपा (माओवादी केन्द्र)की रेखा शर्मासँग झिनो मतान्तरले पराजित भएका हुन् । शुरूबाटै पछाडि परेका पोखरेलले अन्तिम समयमा मतान्तर घटाउँदै लगे पनि चुनाव जित्न भने सकेनन् । रेखा दाङ २ मा गठबन्धनकी साझा उम्मेदवार हुन् ।

अघिल्लोपटक सो क्षेत्रबाट माओवादीका तत्कालीन महासचिव कृष्णबहादुर महरा निर्वाचित भएका थिए ।  त्यतिबेला प्रदेशसभामा बसेर निर्वाचित भएका पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री समेत बनेका थिए । यसपटक महराले चुनाव नलड्ने निर्णय लिएपछि शर्माले टिकट पाएकी थिइन् । शर्मा भूतपूर्व सामान्य प्रशासन मन्त्री समेत हुन् ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार