झापा क्षेत्र नम्वर १ मा समानुपातिक तर्फको मत गणनाको अन्तिम विवरण अनुसार नेपाली काँग्रेस (रूख) २५ हजार ४ सय ३ मतका साथ पहिलो दल भएको छ ।

त्यसैगरी नेकपा एमाले (सूर्य) २२ हजार ४ सय २० मतका साथ दोश्रो बनेको छ भने राष्ट्रिय स्वतन्त्र पार्टी (घण्टी) १३ हजार ७ सय ३० मतका साथ तेश्रो भएको छ । यस्तै नेकपा माओवादी केन्द्र (ह ह) ५ हजार ५२ मतका साथ चौथो र राप्रपा (हलो) ४ हजार ९ सय ४९ मतका साथ पाँचौदल भएको छ ।

प्रतिनिधिसभाका लागि झापा ३ मा कूल ८९ हजार ८४५ मत खसेको थियो । जसमध्ये ४ हजार ९२७ मत बदर भएको छ । सदर मतमध्ये कांग्रेसले सबैभन्दा बढी २५ हजार ५३५ मत पाएको हो । त्यसपछि राष्ट्रिय प्रजातन्त्र पार्टीले १९ हजार ७४३ मत पाउँदा तेस्रो स्थानमा रहेको नेकपा एमालेले १९ हजार ४६० मत पाएको छ ।

त्यसपछि राष्ट्रिय स्वतन्त्र पार्टीले ७ हजार ८१२ मत पाउँदा नेकपा माओवादी केन्द्रले ७ हजार ५९५ मत पाएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार