बेइजिङ, १२ मंसिर:चीन पछिल्लो २४ घन्टामा एकै दिन ४० हजार ३३४ जना कोभिडका नयाँ संक्रमित भेटिएका छन् । उनीहरुमध्ये ३ हजार ८२२ जनामा लक्षण देखिएको र बाँकी लक्षणविहीन रहेका चीनको राष्ट्रिय स्वास्थ्य आयोगले जनाएको छ । चीनमा पछिल्लो समयमा कोभिड संक्रमितको सख्ंया तीब्र ढंगले बढिरहेको छ ।

सरकारको कोभिडसम्बन्धी कडा नीतिका बाबजुद संक्रमितको संख्या ह्वात्तै बढेको हो । सरकारको कोभिड नीतिलाई लिएर चीनमा मुख्य सहरहरुमा विशाल प्रदर्शनहरु भएका छन् । प्रदर्शनकारीहरुले राष्ट्रपतिको राजीनामा माग गरिरहेका छन् ।

राजधानी बेइजिङ र वित्तीय हब सांघाइमा जम्मा भएका सयौँ प्रदर्शनकारीहरूले राष्ट्रपति सी जिन्पिङको राजीनामा माग गरेका हुन् ।उरुम्चीस्थित एक अपार्टमेन्टमा भएको आगलागीमा १० जनाको मृत्युपछि चीनमा कोभिड निषेधाज्ञाविरुद्ध प्रदर्शनहरू सुरु भएका हुन्।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार