बाह्रदशी । नेपाली काँग्रेसका नेता कृष्णप्रसाद सिटौलाले नेपाल र नेपालीको भविष्य बहुलवादमा आधारित संघीयता, गणतन्त्र र धर्म निरपेक्षतामा सुरक्षित रहेको बताएका छन् ।
झापा ३ अन्र्तगत बाह्रदशीमा आयोजित मतदातालाई धन्यवाद ज्ञापन गर्न आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै नेता सिटौलाले बहुलवादसित गासिएर आएको संघीयता गणतन्त्र र धर्म निरपेक्षताको विपक्षमा जाने हो भने नेपाल र नेपालीको भविष्य निरङ्कुशतामा अल्झने बताएका हुन् ।
उनले आगामी सरकार लोकतान्त्रिक बाम गठबन्धनको बन्ने बताउँदै पाँच बर्षसम्म लोकतान्त्रिक बाम गठवन्धनकै सरकारले नेपाली राजनीतिको नेतृत्व दिने बताए । निर्वाचनले दिएको परिणामलाई हेर्ने हो भने नेपालको राजनीति नेपाली काँग्रेस, एमाले र माओवादी केन्द्रकै सेरोफेरोमा रहने देखिएको भन्दै सिटौलाले निर्वाचनको परिणामबाट मतदातालाई नआत्तिन अनुरोध गरेका छन् ।
झापा क्षेत्र नं. ३ को समग्र विकासका लागि आफू सधै क्रियाशील हुने बताउँदै चुनावमा हार जित स्वभाविक भएकोले दुःख नमानी आगामी दिनका लागि संगठन विस्तार गर्दै विकास निर्माणको कामको वातावरण बनाउन गठवन्धका सहकर्मी सवैलाई आव्हान समेत गरेका छन् ।
कार्यक्रममा प्रदेशसभा उम्मेदवार पूर्णप्रसाद राजवंशीले निर्वाचनले हामीलाई नयाँ पाठ सिकाएको भन्दै आफूबाट भएको कमिकमजोरी आत्मासाथ गरेर अगाडि बढ्ने बताएका छन् ।
नेपाली कांग्रेस बाह्रदशीका सभापति इन्द्र बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत मन्तव्य माओवादी केन्द्रका अध्यक्ष टंक कार्कीले गरेका थिए भने कार्यक्रमको सहजिकरण नेपाली कांग्रेस बाह्रदर्शीका सचिव युवराज अधिकारीको रहेको थियो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार