काठमाडौं, १५ मंसिर:सिरहामा कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् । सिरहाको गोलबजार नगरपालिका(११ बलकवा मैनाबती पुलबाट बुधबार राति बाह्रबोरको कटुवा पेस्तोलसहित दुई जना पक्राउ परेका प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा गोलबजार नगरपालिका(४ का १९ वर्षीय कृष्णाकुमार यादव र सोही नगरपालिका(११ बलकवाका २१ वर्षीय मोहम्मद अरमान खान रहेका छन् ।

इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको टोलीले उनीहरूलाई कटुवा पेस्तोल पक्राउ गरेको जनाएको छ । यस सम्बन्धमा थप आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार