काठमाडौं, १६ मंसिर :कतार विश्वकप २०२२ मा बेल्जियमलाई समूह चरण पार गराउन असफल बनेका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले पदबाट राजीनामा दिएका छन् ।

४९ वर्षीय मार्टिनेजले बेल्जियम टोलीसँगै ६ वर्ष सहकार्य गरे । स्पेनिस प्रशिक्षक सन् २०१६ मा मुख्य प्रशिक्षकमा नियुक्त भएका थिए ।

बिहीबार राति अहमेद बिन अलि स्टेडियममा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम विश्वकपबाट बाहिरिएको थियो । समूह ‘एफ’ मा बेल्जियम तेस्रो स्थानमा रह्यो ।

सात अंकको मोरक्को समूह विजेता, पाँच अंकको क्रोएसिया उपविजेता बन्दा चार अंकको बेल्जियम र बिना अंकको क्यानाडा समूह चरणबाट माथि बढ्न सकेन ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार