काठमाडौं, १९ मंसिर । कतार फिफा विश्वकप २०२२ अन्तर्गत मंगलबार दुई खेलहरु हुँदैछन् । पहिलो खेलमा एसियाली मुलुक जापान र युरोपेली मुलुक क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अल जनोव मैदानमा राति पौने नौं बजे सुरु हुने तालिका छ । जापान समूह ‘इ’ को विजेता बनेको थियो । साविक उपविजेता क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता भएको हो ।

अर्काे खेलमा पाँच पटकको च्याम्पियन ब्राजिलले दक्षिण कोरियाको सामना गर्नेछ । खेल स्टेडियम ९७४ मा नेपाली समय अनुसार राति पौने एक बजे सुरु हुनेछ । ब्राजिल नेयमारको आगमनमा उच्च मनोबलमा छ ।

एसियाली जायन्ट कोरिया समेत समूह चरणको लय नकआउट चरणमा देखाउने योजनामा छ । ब्राजिल समूह ‘जी’को विजेता र कोरिया समूह ‘एच’ को उपविजेता बन्दै अन्तिम १६ मा स्थान बनाएको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार