भक्तपुर – भक्तपुरको पुरानो जगातीस्थित गणेश मन्दिरबाट पाँचवटा घण्टी चोरी भएको छ। सोमबार राति मन्दिरमा मूर्ति अगाडि राखिएका घण्टीहरू चोरी भएका हुन्।

भक्तपुर नगरपालिका-८, पुरानो जगातीस्थित मन्दिरबाट पाँच वटा घण्टीहरु चोरी भएको हो। निकाल्न नसकेपछि अर्को घण्टी चोर्ने असफल प्रयास गरिएको देखिएको बताइएको छ ।

मन्दिरमा तीनवटा मूर्ति रहेका छन्। स्थानीय लक्ष्मीप्रसाद झांगका अनुसार मन्दिरको मूर्ति अगाडि रहेको ठूलो तीनवटा र सानो दुईवटा घण्टी चोरी भएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार