चितवन । रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी गठन भएको छोटो समयमा नै चर्चाको शिखरमा छ । पार्टी गठन भएको छोटो समयमा नै रास्वपाले शानदार मत ल्याएर संसदमा प्रवेश पाएका बेला सोही दलका सभापति रवि लामिछानेले समानुपातिक सांसद छनोटलाई लिएर पार्टीमा भएको विवाद गज्जब भएको प्रतिक्रिया दिएका छन् । भरतपुर विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै सभापति लामिछानेले पार्टी प्रणाली र विधिबाट दायाबाया नहुने बताए ।

पार्टीले गरेको प्राइमरीमा बढी मत आएकाहरुलाई छाडेर कम मत आएकाहरुलाई समानुपातिक सांसदमा बनाउन लागेको भन्दै बन्दसूचीमा रहेकाहरुले रास्वपा कार्यालयमा विरोध गरेका छन् । यस विषयमा रविल आँफुले नै कार्यकर्ताहरुलाई खबरदारी गर्नुहोला भनेको भएर उहाँहरुले खबरदारी गर्नुभएको हो ।

कोही आत्तिनुपर्ने छैन ।’ त्यस्तै पत्रकारहरुले नागरिकताको विषयमा सोधिएको प्रश्नमा उनले भने त्यो राज्यले छानबिन गर्ने कुरा हो । मैले मेरो ठाउँबाट चाहिने सहयोग जहिले पनि गर्न तयार छु । तर अर्को कुरा ‘निर्वाचन आयोगले विजयी घोषणा गरिसक्यो, प्रमाणपत्र दिइसक्यो ।’

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार