कतार फिफा विश्वकप २०२२अन्तर्गत शनिबारबाट क्वार्टरफाइनलका खेलहरु सुरु हुँदैछन् ।पहिलो खेलमा क्रौएसिया र ब्राजिलबीच प्रतिस्पर्धा हुनेछ । खेल नेपाली समय अनुसार पौने ९ बजे एजुकेसन सिटी मैदानमा हुनेछ । क्रोएसिया साविक उपविजेता हो । ब्राजिल भने कीर्तिमानी छैटौं पटक उपाधि जित्ने योजनामा छ । त्यसैले खेल आज निकै रोमाञ्चक हुने अनुमान गरिएको छ ।

लुका मोड्रिडकाले क्रोएसियाको कप्तानी गर्ने छन् भने थिअगो सिल्भाले ब्राजिलको कप्तानी सम्हाल्नेछन् । त्यस्तै दोस्रो क्वाटरफाइनलमा अर्जेन्टिना र नेदरल्यान्ड्स आज राति पौने १ बजे लुसाइल मैदानमा खेल्दैछन् । अर्जेन्टिनाले अन्तिम १६ मा अष्ट्रेलियालाई २–१ गोलले हराएको थियो । नेदरल्यान्ड्स अमेरिकालाई ३–१ गोलले हराएर क्वाटरफाइनलमा पुगेको हो ।

अर्जेन्टिना सन् १९७८ को फाइनलमा नेदरल्यान्ड्सलाई हराएर पहिलो पटक च्याम्पियन बनेको थियो । कतारमा चलिरहेको विश्वकपमा साविक विजेता फ्रान्स, साविक उपविजेता क्रोएसिया, ब्राजिल, अर्जेन्टिना, इंग्ल्यान्ड, नेदरल्यान्ड्स, मोरक्को र पोर्चुगल अन्तिम आठमा पुगेका छन् । क्वाटरफाइनलमा भोली मोरक्को र पोर्चुगल तथा अन्तिम खेलमा फ्रान्स र इंग्ल्यान्डबीच खेल हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार