कतारमा जारी २२ औं संस्करणको फिफा विश्वकप फुटबलमा सर्वाधिक गोल गर्ने सूची अर्थात् ‘गोल्डेन बुट’ दौडमा अर्जेन्टिनाका कप्तान लियोनल मेस्सी दोस्रो स्थानमा उक्लिएका छन् । शनिबार बिहान सम्पन्न क्वार्टरफाइनल खेलमा नेदरल्याण्ड्सविरुद्ध एक गोल गरेसँगै उनी दोस्रो स्थानमा उक्लिएका हुन् । जारी विश्वकपमा मेस्सी शानदार लयमा छन् ।

उनले पाँच खेलमा ४ गोल गरिसकेका छन् । साथै, मेस्सीले २ गोलका लागि असिस्ट गरेका छन् । पोल्याण्डविरुद्धको खेलमा पेनाल्टीमा नचुकेका भए उनी गोल्डेन बुट दौडमा संयुक्तरूपमा शीर्ष स्थानमा उक्लिने थिए । सेमिफाइनल पुगिसकेकाले मेस्सीसामु शीर्ष स्थानमा उक्लिने मौका कायमै छ ।

जारी विश्वकपमा गोल्डेन बुट दौडको शीर्ष स्थानमा भने फ्रान्सका स्ट्राइकर केलिएन एमबाप्पे छन् । उनले चार खेलमा ५ गोल गरिसकेका छन् । साथै, एमबाप्पेले २ गोलका लागि असिस्ट गरेका छन् । विश्वकप २०२२ मा उनी गोल्डेन बुटका प्रमुख दाबेदारका रूपमा प्रस्तुत भइरहेका छन् ।

गोल्डन बुटको होडमा इंग्ल्याण्डका मार्कस रासफोर्ड, पोर्चुगलका गोन्सालो रामोस, फ्रान्सका ओलिभर गिराउड र इंग्ल्याण्डका बुकायो साका संयुक्तरूपमा तेस्रो स्थानमा छन् । नेदरल्याण्ड्सका कोडी गाक्पो, ब्राजिलका रिचार्लिसन, इक्वेडरका इनर भ्यालेन्सिया र स्पेनका अल्भारो मोराटा तेस्रो स्थानमा भए पनि टिम प्रतियोगिताबाट बाहिरिसकेकाले उनीहरू गोल्डेन बुट दौडबाट भने ‘आउट’ भएका छन् ।

त्यस्तै, जारी विश्वकपमा ब्राजिलका नेयमारसहित १८ खेलाडीले दुई–दुई गोल गरेका छन् । वर्तमान समयका स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोले भने विश्वकप २०२२ मा एक गोल मात्र गर्न सकेका छन् । विश्वकपको इतिहास हेर्ने हो भने प्रायः विश्व फुटबलका महान स्ट्राइकरले गोल्डेन बुट जितेको इतिहास ।

सन् १९८२ मा गोल्डेन बुटको सम्मान पहिलोपटक प्रस्तुत गरिएको थियो । यद्यपि सोभन्दा अघिका विश्वकपमा पनि सम्मान गर्ने परम्परा थियो । समान गोलका कारण खेलाडीलाई छुट्याउन नसकेमा अन्य गोलमा सहयोगीको भूमिका सबैभन्दा बढीले जसले निर्वाह गरेको छ, उसैलाई गोल्डेन बुटको सम्मान दिइन्छ । यसपछि पनि अझै एकभन्दा बढी दाबेदार भएमा कम समय मैदानमा बिताएर बढी गोल गरेका खेलाडीलाई गोल्डेन बुटको योग्य ठानिन्छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार