शनिबार युक्रेनको ओडेसामा अन्धकार छाएको छ । किनकि यहाँ ऊर्जा प्रदायक संरचना रुसी आक्रमणबाट प्रभावित भएका छन् । बन्दरगाह शहरका १५ लाखभन्दा बढी मानिस बिजुलीविहीन भएको अल जजीराले उल्लेख गरेको छ ।
युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले जनतालाई सम्बोधन गर्दै ओडेसाको बन्दरगाह शहरमा ऊर्जा सुविधा कमजोर भएकाले स्थिति निकै गाह्रो हुँदै गएको बताएका छन् ।

युक्रेनी अधिकारीका अनुसार निरन्तर द्वन्द्वको क्रममा इरानमा निर्मित ड्रोनद्वारा यस क्षेत्रका दुई ऊर्जा सुविधामा आक्रमण भएपछि ओडेसा बिजुलीविहीन भएको हो । अधिकारीका अनुसार शनिबार बिहानको समयमा रूसी आक्रमणले महत्त्वपूर्ण प्रसारण लाइन र मेसिनरीलाई प्रहार गरेको थियो । अस्पताल र प्रसूति वार्डलगायत महत्त्वपूर्ण पूर्वाधारमा मात्र बिजुलीको पहुँच रहेको बताइएको छ । “अहिलेसम्म शहर बिजुलीविहीन छ,” राष्ट्रपति प्रशासनका उपप्रमुख किरिलो टिमोशेन्कोले मेसेजिङ एप टेलिग्राममा भनेका छन् ।

युक्रेनको सबैभन्दा ठूलो बन्दरगाह शहर ओडेसामा यस वर्षको फेब्रुअरी २४ मा रुसले आक्रमण गर्नुअघि १० लाखभन्दा बढी जनसङ्ख्या थियो । यसैबीच नोभेम्बरमा, दक्षिणी युक्रेनको निकोपोल जिल्लामा रूसले आक्रमण गरेको र स्थिति बिग्रदै गएको जिल्ला सैन्य प्रशासनका प्रमुखले बताएका छन् ।  “करिब ६० गोला र रकेट हतियार शान्तिपूर्ण बस्तीमा खसे,” निकोपोल जिल्लाका प्रशासन प्रमुख येभेन येभतुसेन्कोले टेलिग्राम पोस्टमा उल्लेख गरेका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार