हेमन्त मैनाली, हल्दिवारी :  २०७९/०८/२६ गते बिहान ८:३० बजे नगरपालिका बैठककक्षमा भद्रपुर नगरप्रमुख गणेश पोखरेलको अध्यक्षतामा भएको हो  । छलफलमा उपप्रमुख राधा कार्की, निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, निमित्त प्रप्रअ खेमराज प्रसाईं, वडाध्यक्षहरु राम अधिकारी,राम कडेल, हेमबहादुर कार्की सन्तु ,हंशधर राजवंशी,बन्धु कार्की,रतिया राजवंशी,अभिषेक ढुंगाना,गौरब सुब्बा,राम दहाल,टेकबहादुर खड्का,कापास सीता गुरागाई,सीता गुरुङ,ममता लिम्बू,सन्ध्या हाडा,प्रसन्सा ठटाल,कहर राजवंशि,राजनितिकदल प्रतिनिधि हिक्मत घिमिरे,असारु राजवंशी,निर्मल डंगोल,शत्रुघन चौधारी,स्थानिय क्लबका प्रतिनिधिहरु ,अन्तराष्ट्रिय खेलाडीहरु, जिल्ला खेलकुद बिकास समिति झापाका प्रतिनिधिहरु, उद्यमी-ब्यबशायीको तर्फबाट प्रदेश उबा महासंघ अध्यक्ष टिकाराज ढकाल,दिपेश ढकाल,आदित्य पराजुली,अजय साहेवालासमेतको उपस्थिति रहेको थियो  ।

युवा उद्यमी दिपेश ढकालज्यूको नेतृत्व(अध्यक्षता)मा एक कार्यसमिति गठन गरिएकोछ । कार्यसमितिमा बरिष्ठ उपाध्यक्ष आदित्य पराजुली,महासचिव जीवनकुमार श्रेष्ठ,सचिव टहलदास मैनाली,कोषाध्यक्ष गणेश राजभण्डारी,सहकोषाध्यक्ष अजय साहेवालासमेतको समिति गठन गरेकोछ।

मुल आयोजक समिति,उपसममिति,थप २ उपाध्यक्षसमेत समिति बिस्तारको अधिकार गठित समितिलाई जिम्मेवारी दिने र संरक्षक भुमिकामा भद्रपुर नगरपालिका,सल्लाकार राजनितिकदल प्रतिनिधिहरु,सरकारी अड्डाका प्रमुखहरु,फुटबलसंघ,जिखेबिस, उध्यमि ब्यबशायिक ब्यक्तित्व,पुर्व खेलाडीहरु रहनुभएकोछ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार