काठमाडौं । गायक निशान भट्टराई र मोडल ऋचा न्यौपानेको बैवाहिक जीवनमा खटपट आएको अनुमान गर्न थालिएको छ । दुई वर्षको प्रेम सम्बन्धलाई उनीहरुले २०७७ कानुनी विवाहमा परिणत गरेका थिए ।

दुवैले सामाजिक सञ्जालमा एकअर्कालाई अनफलो गरेर एकअर्कासँगको तस्वीर पनि डिलिट गरेपछि सम्बन्धमा दरारर आएको अनुमान गर्न थालिएको हो   ।

नेपाल आइडलको पहिलो सिजनमा फस्ट रनरअप बनेयता निशान चर्चित बने भने ऋचाले चाहिं निशानले गाएको गीत ‘लाउर जाने रेल’मा अभिनय गरेकी छन् । ऋचाले इन्स्टाग्राममा निशानलाई अनफलो गरेकी छन् ।

उनको अकाउन्टमा बिहे र निशानसँगका तस्वीर गायब छन् । निशानले आफ्नो आधिकारिक फेसबुकबाट पनि ऋचासँगका र बिहेका तस्वीर हटाएका छन् । उनीहरु निकट स्रोतहरुले पनि उनीहरु केही समयदेखि अलग रहँदै आएको बताएका छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार