प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनमा कूल ४ हजार २८५ उम्मेदवारको धरौटी जफत हुँदा निर्वाचन आयोगलाई दुई करोड ९६ लाख ९० हजार रुपैयाँ आम्दानी भएको छ । निर्वाचन आयोगले सार्वजनिक गरेको अन्तिम निर्वाचन परिणामअनुसार जमानत जफत भएका ४ हजार २८५ उम्मेदवारबाट दुई करोड ९६ लाख ९० हजार रुपैयाँ जमानतबापत जफत भएको हो ।

पहिलो हुने निर्वाचित हुने प्रणालीअन्तर्गत उम्मेदवारले मनोनयन दर्ता गर्दा प्रतिनिधिसभा सदस्यको लागि दश हजार रुपैयाँ धरौटी राख्नुपर्ने नियम छ। प्रदेश सभा सदस्य पदका उम्मेदवारले पाँच हजार रुपैयाँ धरौटी राख्नुपर्ने व्यवस्था छ । तर, महिला, दलित वा अल्पसङ्ख्यक समुदाय वा आर्थिक रूपले विपन्न उम्मेदवारको हकमा सो धरौटी रकममा पचास प्रतिशत छुट हुने, कुनै उम्मेदवारको दुई वटा मनोनयन पत्र दाखिला भएको अवस्थामा एउटा मनोनयन पत्रको लागि मात्र धरौटी राख्नु पर्ने आयोगले उल्लेख गरेको छ।

निर्वाचन आयोगमा प्रतिनिधिसभा निर्वाचनको लागि मनोनयन दर्ता गरेका १७७२ पुरुष उम्मेदवारबाट १७ करोड ७२ लाख रुपैयाँ धरौटी जफत भएको छ भने १८९ जना महिला उम्मेदवारबाट ९ लाख ४५ हजार रुपैयाँ धरौटी जफत भएको छ । यस्तै प्रदेश सभातर्फ २०८६ पुरुष उम्मेदवारबाट एक करोड ४३ लाख रुपैयाँ धरौटी जफत भएको छ । २३७ जना महिला उम्मेदवारबाट ५ लाख ९२ हजार ५ सय रुपैयाँ धरौटी बापतको रकम जफत भएको छ । भने, एक जना लैंगिक अल्पसंख्यक समुदायका उम्मेदवारबाट २५ सय रुपैयाँ बराबर धरौटी रकम जफत भएको छ ।

प्रदेश सभामा धरौटी जफत भएका कूल २३२४ जना उम्मेदवारबाट १ करोड १० लाख २५ हजार धरौटीबापतको रकम जफत भएको हो । यता प्रतिनिधि सभाका कूल १९६१ उम्मेदवारबाट एक करोड ८६ लाख ६५ हजार रुपैयाँ धरौटीबापतको रकम जफत भएको हो । निर्वाचन आयोगका अनुसार प्रतिनिधि सभातर्फ २४१२ जनाले मनोनयन दर्ता गराएका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार