काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिप खेल्ने नेपाली टोली बंगलादेश पुगेको छ । काभा यू–२३ पुरुष भलिबल च्याम्पियनसिपका लागि नेपाली टोली मंगलबार बंगलादेशको राजधानी ढाका पुगेको हो ।

ढाकामा हुने च्याम्पियनसिप पुष ७ देखि ११ सम्म आयोजना हुँदैछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसँगै नेपाल, श्रीलंका र किर्गिस्तान गरी चार टोलीको सहभागि छन् । नेपालले च्याम्पियनसिपको पहिलो खेलमा पुष ७ गते आयोजक बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । त्यस्तै दोस्रो खेलमा पुष ८ गते श्रीलंकासँग खेल्दा पुष ९ गते हुने लिग चरणको अन्तिम खेलमा किर्गिस्तानसँग खेल्नेछ ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार