साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचकले ओरालो लागेको छ ।बिहीबार नेप्से परिसूचक १३.२९ अंकले ओरालो लागी १८५३.९३ विन्दुमा पुगेर रोकिएको छ । बुधबार पनि सेयर बजार ५.८९ अंकले ओरालो लागेको थियो ।आज २४७ कम्पनीको कारोबारमा ३० लाख १५ हजार ६०८ कित्ता सेयर किनबेच भएको र आज एक अर्ब ८ करोड ३९ लाखभन्दा बढीको सेयर किनबेच भएको छ ।

यस्तै, नेपाल दूरसञ्चार कम्पनीको सेयर कारोबार सर्वाधिक धेरै भएको छ । सो कम्पनीको १४ करोडभन्दा बढीको सेयर बिक्री भएको छ । एनआइसी एसिया बैंकको ५ करोडभन्दा बढीको कारोबार भएको छ ।यता, सृजनशील लघुवित्त वित्तीय संस्था र धौलागिरी लघुवित्त वित्तीय संस्थाको १० प्रतिशतले मूल्य वृद्धि भएको छ ।आज १३ वटा उपसूचकहरुमध्ये तीन कम्पनीको मूल्य वृद्धि भएको छ । सबैभन्दा धेरै अन्य सूचकको २ प्रतिशतले वृद्धि भएको छ । बाँकी सबै उपसूचकहरु राताम्मै भएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार