काठमाडौं, ११ पुस ।नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठ उपप्रधानमन्त्री बन्ने भएका छन् । पार्टी केन्द्रीय कार्यालयमा बसेको पदाधिकारी बैठकले सोमबार श्रेष्ठलाई उपप्रधानमन्त्री बनाउने निर्णय गरेको हो ।

श्रेष्ठलाई कुन मन्त्रालय दिने भन्ने नटुंगिएको प्रवक्ता कृष्णबहादुर महराले जानकारी दिए । श्रेष्ठले नवनियुक्त प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगै आज अपरान्ह शपथ ग्रहण गर्नेछन् ।

यो पनि : देउवाले दिए प्रचण्डलाई बधाई:निवर्तमान प्रधानमन्त्री शेरबहादुर देउवाले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर प्रचण्डलाई बधाई दिएका छन् ।

कांग्रेस सभापतिसमेत रहेका देउवाले प्रधानमन्त्रीमा नियुक्त भएको प्रचण्डलाई बधाई तथा शुभकामना दिएका प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।

माओवादी केन्द्रको बैठक बसिरहेका बेला अध्यक्षसमेत रहेका प्रचण्डलाई देउवाले फोन गरेर बधाई तथा शुभकामन दिएका हुन् ।

कांग्रेससहितको गठबन्धन तोडेर प्रचण्ड आइतबार एमालेसहितका दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भएका हुन् । उनले सोमबार अपरान्ह ४ बजे प्रधानमन्त्री पदको पद तथा गोपनीयताको शपथ लिँदै छन् ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार