आदर्णिय मतदाताहरू, हामी तपाईहरू प्रति नतमस्तक भएर माफि माग्न चाहान्छौ। यही २०७९ मङ्सिर-४ मा हुने निर्वाचन प्रचारप्रसारको क्रममा हामीले हाम्रो क्षेत्रबाट सङ्घीय सांसदको उमेदवार बन्नुभएका नेपाली काङ्ग्रेसका महामन्त्री बिश्वप्रकाश शर्मालाई बिजयी बनाउनेक्रममा तपाईहरूको घर ऑगनमा आई मत माग्दा भनेका थियौ, अब बन्ने सरकारको नेतृत्व युवा पुस्तालाई हाम्रो सभापतिले पद हस्तान्तरण गर्नुहुनेछ भनेका थियौ, साथै लेख लेखेर पनि स्पष्ट बनाएका थियौ ।
यसै क्रममा हाम्रो साझा उमेदवार बिश्वप्रकाश शर्माले पनि भन्नु भएको थियो ,मैले याहाॅबाट बिजयी हासिल गरेपछि पटक/पटक सांसद बनि सकेका साथै छोटो समय स्वास्थ्य मन्त्री बनि सफल बनीसकेका अनुभवी युवा नेता गगनकुमार थापालाई संसदीयदलको नेताका लागि म आफै प्रस्तावक बन्नेछु उनको बिजयीको लागि भूमिका निर्वाह गर्नेछु भनि तपाईहरूको माझमा साथै बिभिन्न कोणसभालाई सम्बोधन गर्ने क्रममा भन्नु भएको थियो ।
हाम्रो कुरालाई स्विकार गरि झापा क्षेत्र नम्बर-१ का आदर्णिय मतदाताहरूले मतदान गरि बिजयी बनाउनु भयो, यस अघि पनि तपाईहरूले मन र मत दुबै दिनुहुनेलाई लेख मार्फत बधाई  दिएका थियौ, जसले मनदिनु भयो तर बिभिन्न कारणबाट मतदिन सक्नुभएन उहाँहरूलाई पनि आउदो निर्वाचनमा मतपनि दिने वातावरण बनाउछौ भनि बधाई दिएका थियौ, जसले मन र मतपनि दिन सक्नु भएन, उहाँहरूलाई पनि आउदो निर्वाचन सम्ममा मन र मत दुबै दिन सक्ने वातावरण बनाउने छौ भनि वाचा गर्दै बधाई दिएका थियौ । तपाईहरूको अमूल्य मतले हामी नेपाली काङ्ग्रेसलाई बिजयी गराउनुभयो पुन: हार्दिक आभार व्यक्त गर्दछौ ।
मङ्सिर-४ गते निर्वाचनहुने गरि निर्वाचन आयोगबाट तालिका प्रस्तुत गरियो, उमेद्वार छनौट भयो , सबै उमेदवारहरू निर्वाचनमा भाग लिन आ-आफ्नो क्षेत्रमा लागे, केन्द्रीय प्रवक्ताको जिम्मेवारी पाएका प्रकाशशरण महतको अभिव्यक्ति पार्टीहित बिपरित देखियो । उहाँको बोलिको कारण बाट धेरै साथीहरूलाई चोट पुग्न गयो, परिणामलाई पनि असर पार्ने काम भयो । थोरै मतान्तरले धेरै साथीहरूलाई गुमाउन पुग्यौ । हामीले तपाई भन्दा अघि प्रवक्ताको जिम्मेवारी कुशलतापुर्वक भूमिका निर्वाह गरेका बिश्वप्रकाश शर्मालाई पनि हेर्यौ , सभापति जीले गल्ती बोल्नु भयो भनेपनि त्यसको बचाव गर्दै पार्टीको हितलाई सर्वोपरि ठान्दै जिम्मेवारी निर्वाह गर्नुभएको स्मरण गराउन चाहान्छु । तपाईकै कारण बाट निर्वाचनमा पनि असर पर्यो र तपाईहरू जस्ताको सल्लाहा सभापतिजीले मानेको कारण सङ्घीय सरकार र सातै प्रदेशको सरकारबाट बाहिरिनु परेको स्मरण गराउन चाहन्छु।
तत्कालीन नेकपा का अध्यक्ष ओलीले २०७७ पुस ५ र २०७८ जेठ ८ गते संसद बिघटन गर्दा सङ्घीय सरकार र प्रदेश सरकारमा पैरो गएको थाहा नभएको बिषय पनि होईन, यी बिगतका कुरालाई हेरेर निर्णय गर्न सल्लाहा र सुझाव दिनु पर्नेमा त्यसो नभएकोले सभापति प्रवक्ता र सभापतिका मतियारहरूले पार्टीलाई खाल्डोमा हालेको  देशै भरका आम कार्यकर्ताहरूको गुनासो रहेको पाउछौ ।
निर्वाचन भयो , प्रत्यक्ष र समानुपातिक तर्फबाट  ८९ सिट काङ्ग्रेसको पक्षमा आयो। संसदीयदलको निर्वाचन तालिका केन्द्रीय कार्यालयले बनायो संसदीय दलमा करिब छ जना उम्मेदवारहरूको चर्चा आयो तर शेरबहादुर देउवा र गगनकुमार थापाले मात्र उम्मेदवार दर्ता गराए । दर्ता गराउन जादा संयोग परेछ, दुबै समूह एकै पटक दर्ता गर्न गएको दृश्य हामीले टेलिभिजन मार्फत देख्यौ । देउवाको पक्षमा ५० र गगनकुमार को पक्षमा ३९ सांसद गएका थिए ।साँझ पख दुई सांसद देउवा पक्षबाट थापा पक्षमा आउदा ४८ र ४१ सांसद पुगेको समाचार सञ्चार माध्यमबाट पाएका थियौ ।  देशै भरका परिवर्तन चाहाने साथीहरू गगनकुमार थापा बिजयी बन्नुपर्छ भन्ने नयाँ  जोस जाँगर र उमङ्गका साथ धैर्य पुर्वक बसेका थिए ,अब चार सासंदलाई आफ्नो पक्षमा पार्न सक्दा गगनकुमार थापाको बिजयी निश्चित हुन्छ भन्ने बिश्वास लिएका थिए, भोलिपल्ट बिहान ८ बजेबाट मतदान शुरू भयो, सकियो र मतगणना पनि शुरू भयो ,परिणाम त देउवा ६४ र गगन २५ आएपछि सबै परिवर्तनकारी कार्यकर्ता निरूत्साहित देखिए , निरूत्साहित भएर हुनेवाला केही थिएन आखिर जे नहुनु थियो त्यो भएर छाड्यो । यथास्थितिलाई नै रूचाउनेको संख्या बढी देखियो। यथास्थितिमा बस्दा हरियो घाँस र दाना प्रशस्त खान पाइने रहेछ, को पराल खाएर परिवर्तनको पक्षमा लाग्ने ? भन्ने प्रश्न, प्रश्नमा नै सिमित हुन पुग्यो। अन्तत: गगनकुमार थापाको पक्षमा उमेद्वार दर्ता गर्न गएका सांसद नै हरियो घाँस खान पाएछन, “खोलेमा पल्केको कुकुर खोले छैन भनेपनि खालि भाँडो भएपनि चाट्छ” भन्ने उखान चरितार्थ  गरेर छाडे ।
कुनैपनि दलले स्पष्ट बहुमत ल्याउन सकेन। मिश्रीत प्रणालीय शासन ब्यबस्थाको अन्त्य अथवा खारेज नगरुञ्जेल सम्म कुनैपनि दल एक्लैले बहुमत ल्याउन सक्दैन त्यसैलै राष्ट्रपतिबाट दुई वा दुई भन्दा बढी दलहरू मिलेर सरकार बनाउनलाई यही पुस- १० गते सम्मको समय सिमा तोकि सुचना आह्वान भयो।
नेपाली काङ्ग्रेस सहितको पाँचदलीय गठबन्धनले  १३६ सिट बिजय हासिल गरेको थियो । संसदमा सबै भन्दा ठूलो र संसदीय दल नेताको हैसियतले पार्टीको पदाधिकारीहरूको बैठक बोलाई सरकार निर्माण गर्ने सम्बन्धमा छलफल गरि सबैले अपनत्व लिनेगरि बिषय तयार गरेको भए आजको अवस्था आउदैनथ्यो सभापति पनि आफै, संसदीयदलको नेता पनि आफै बनेपछि पार्टी कार्यालयमा बोलाएर बस्नुपर्ने बैठक आफ्नै घरमा बसेपछि
“तासको मेरिज खेलमा अल्टर चिन्न नसकि देउवाले फालेपछि, कतिखेर देउवाले अल्टर चिन्न सक्दैनन र फाल्छन , म उक्त अल्टरलाई टिपेर शो गर्छु भनेर पर्खेर बसेका ओलीको हातमा नै अल्टर फालेपछि ओलीले टिपेर शो गरिदिए”
यसको सम्पुर्ण जिम्मेवारी सभापति देउवाको नै देखिन्छन। पार्टी भनेको एक व्यक्तिको हैन ,सामूहिक छलफल द्वारा निर्णय गर्नकै लागि पदाधिकारीहरूको निर्वाचन द्वारा परिपूर्ति गरिन्छ।  यसरी निर्णय गरेको थियो भने सबैले अपनत्व लिने थिए, त्यसो भएको हुँदा अब संसदमा बिपक्षी दलको सरकार बनि सकेको अवस्थामा पार्टीलाई जीवन्त राखिरहने हो भने सभापति देउवाले सम्मानपूर्वक सभापति र संसदीय
दलको नेता दुबै पदबाट राजिनामा दिनै पर्ने देखिन्छ।
अन्त्यमा नेपाली काङ्ग्रेसलाई मतदान गरेर यो स्थितिमा ल्याउनुहुने मतदाताहरूमा अपिल गर्न चाहान्छु, लोकतन्त्रमा प्रत्येक पाँच/पाँच बर्षमा आवधिक निर्वाचन भई रहन्छ, तपाईहरू धैर्य पूर्वक बस्नुहुन्छ भन्ने बिश्वास लिएका छौ। स्थानीयतहको निर्वाचनकै क्रममा हाम्रो महामन्त्री गगनकुमार थापाले पाँचदलीय गठबन्धन हुँदा नै भन्नु भएको थियो, हामीले हाम्रो मतदाता बढाउनलाई के गर्नुपर्छ त्यता लागौ, एक्ला एक्लै निर्वाचनमा भाग लिउ ,यदि त्यसो गर्न सकिएन भने प्रदेश र सङ्घीय निर्वाचन आउदैछ हामी कम्युनिस्ट पार्टीहरू संग डराउनु पर्ने हुन्छ,  हामीलाई सरकारमा सहभागि गराउदा प्रधानमन्त्री अथवा राम्रो मन्त्री नदिने हो भने हामी अर्को संग गएर सरकार बनाउछौ भन्ने डर त्रास भई रहदा त्यही डरले हामीलाई निल्नसक्छ भनेको स्मरण गराउन चाहान्छु । आज भएको पनि त्यही नै हो । हामीले धेरै निर्वाचनको सामना गरिसकेका छौ । सत्तालाई मात्र प्रथामिक्तामा राख्दा २०६४ देखिको निर्वाचन परिणामले पार्टीको जनाधार कसरी खस्किन गएको छ ,उपरोक्त कुरा निम्नानुसार तालिका बनाई देखाइएको छ। मधेशवादी दलहरू त सत्ताका लागि नै फुटेर सकिएको कुरा लेखि रहन परेन।
परिणाम :-   २०६४।    २०७०।   २०७४।    २०७९
———————————————
माओवादी:-   २२०।         ८०           ५३।         ३२
काङ्ग्रेस:-      ११०।       १९६।         ६३।         ८९
एमाले :-         १०३।       १७५।       १२१।        ७८

त्यसैले यो तालिका अनुसार कुन कुन पार्टीहरूको जनमत खस्कँदो छ, के कारणले यस्तोभयो मतदाताले तालिका हेरेर बिश्लेषण गर्नु नै हुनेछ भन्ने बिश्वास लिएको छु। नेपाली काङ्ग्रेसका महामन्त्री युवा द्वय गगनकुमार थापा र बिश्वप्रकाश शर्माले आम मतदातालाई आह्वान गरिसकेका छन, की आउदो निर्वाचनमा हाल सरकार बनाएको पार्टीलाई डिफेण्डिङ्ग चेम्पिएन बनाउदै हामी चेम्पिएनको उपाधि हासिल गर्दै सरकार बनाउने छौ । आम साथीहरूलाई परेको समस्यामा सहभागी बन्ने छौ, को कुन साथी अलमलमा पर्नु भएको छ, को साथी रिसाउनु भएको छ, र युवा मतदाताहरूलाई कसरी आकर्षित बनाउने यी सबै बिषयहरूलाई सम्बोधन हुने योजना लिएर आउने वाचा गरेका छन, आशा , बिश्वास  र भरोसा गरौ भन्न चाहान्छु । लोकतन्त्रमा पर्ख र हेर को नीति नै लागु हुनेछ । त्यसैले नेपाली काङ्ग्रेसलाई मतदान गर्नुहुने आम मतदाता र कार्यकर्ताहरूले धैर्यताको बाँध फुट्न दिनुहुने छैन ,नेपाली काङ्ग्रेस पार्टी भित्र रहिरहन हार्दिक अपिल र अनुरोध गर्दछु ।
हालका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लाई नेपाली काङ्ग्रेसका आम मतदाताले मत हाल्नु भएको थियो ,उहाँले त्यो  हालेको मतलाई बेइमानी गर्नु भयो, “कहिले माया घाम जस्तो ,कहिले माया जुन जस्तो” नीति अख्तियार गरेर पाँचदलीय गठबन्धनलाई लात हान्नु भएको मतदाताले स्मरण गरि रहेका छन, यस्को लेखाजोखा आउदो निर्वाचनमा हुने नै छ भन्ने तपाईहरू संग शेयर गर्न चाहान्छु भन्दै यो सरकार सफलता पूर्वक सञ्चालन होस प्रधानमन्त्री प्रचण्ड लाई  हार्दिक बधाई एवम सफल कार्यकालको समेत शुभकामना। धन्यबाद
नारायणबहादुर बस्नेत
मेचिनगर-८ झापा ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार