काठमाडौँ । जनकपुरधाम – जयनगर रेलले किचेर रेलमा नै सवार यात्रुको निधन भएको छ । भारतको जयनगरबाट रेल जनकपुरधाम आउने क्रममा विदेह नगरपालिकास्थित वैदेही स्टेसनमा चढ्न लागेका एक यात्रुको किचिएर मृत्यु भएको प्रहरीले जनाएको छ ।

धनुषा प्रहरीका अनुसार रेल चढ्न लाग्दा खुट्टा अड्किएपछि सोही रेलले किचेर ति यात्रुको निधन भएको हो । घटनामा ज्यान गुमाएका यात्रुको अझै सनाखत भइनसकेको र घटनाको थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार