पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउने भएसँगै नेपाली वायुसेवा कम्पनीहरू उत्साहित भएका छन् । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा आइतबार ९जनवरी १ तारिख० देखि व्यावसायिक उडान हुने भएसँगै नेपाली वायु सेवा कम्पनीहरू उत्साहित देखिएका हुन् ।

वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान हुनु नेपालको पर्यटन क्षेत्रमा कोषेढुङ्गा साबित हुने विश्वास व्यक्त गरेका छन् । कम्पनीहरूले नेपालमा तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउन गौरवको विषय भएको बताएका छन् । वायुसेवा कम्पनीहरूले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको आवश्यक सबै सेवासुविधाहरु रहेको भन्दै आन्तरिक उडान गर्ने यात्रुहरूले समेत अन्तर्राष्ट्रिय स्तरको उडान गर्न पाउने भएको बताए ।

यति एयरलाइन्सका प्रवक्ता सुदर्शन बर्तौलाले तेस्रो अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा एयरलाइन्स उत्साहित रहेको बताए । उनले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा अन्तर्राष्ट्रिय स्तरमा आवश्यक सबै सेवासुविधाहरु रहेको बताए । उनले आन्तरिक रूपमा उडान गर्ने यात्रुहरूले अन्तर्राष्ट्रियस्तरको उडान गर्न पाउने बताए । प्रवक्ता बर्तौलाले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट व्यावसायिक उडान सञ्चालनमा आउँदा उडान रद्द हुने समस्या हट्ने बताए । उनले विमानस्थल सञ्चालनमा आएपछि पोखरामा मात्रै नभई नेपालको पर्यटनमा कोषेढुङ्गा साबित हुने दाबी गरे । उनले यति एयरलाइन्सले विमानस्थल सञ्चालनमा आएसँगै १० उडान थप्ने तालिका तयार पारेको पनि बताए । उनले पोखराबाट अन्य विमानस्थलहरूमा आन्तरिक उडान गर्नसक्ने सम्भावना रहेको भन्दै एयरलाइन्सले पोखरा–भैरहवा–भरतपुर–सिमरा–नेपालगञ्ज–विराटनगर र जनकपुर उडान गर्ने बताए ।

त्यस्तै,बुद्ध एयरका प्रवक्ता दीपेन्द्र कर्णले पनि पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा व्यावसायिक उडान सुचारु हुँदा उत्साहित भएको बताए । उनले बुद्धले पोखराबाट गर्ने सम्पूर्ण उडान अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्ने सम्पूर्ण तयारी गरेको बताए । प्रवक्ता कर्णले अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधाहरुहरुले पनि वायुसेवा कम्पनी उत्साहित रहेको बताए ।

उनले भने,‘ पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा परीक्षण उडान गरेर प्राविधिक रूपमा सफल भएका छौं । जनावरी १ देखि पोखराबाट हुने सम्पूर्ण उडानहरू अन्तर्राष्ट्रिय विमानस्थलबाट गर्न गइरहेका छौं । अन्तर्राष्ट्रिय विमानस्थलको भौतिक पूर्वाधार छन्, त्यसबाट हामी उत्साहित छौं । पोखरा विमानस्थलबाट रात्रिकालीन उडान गर्न मिल्ने हुँदा नागरिक उड्डयन प्राधिकरणको अनुमतिमा फेब्रुअरीको तेस्रो सातादेखि बुद्ध एयरलाइन्सका उडान राख्छौं । रात्रिकालीन उडानले यात्रुहरूलाई थप सहज बनाउँछ । हामीले पोखराबाट नेपालगञ्ज,भैरहवा,भरतपुरमा उडान भइरहेको छ । पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट सातै प्रदेशलाई जोड्ने गरी काठमाडौं जस्तै हरेक गन्तव्यलाई पोखराबाट जोड्नेछौं । यात्रु र पर्यटकहरूलाई समेत सहजता बनाउँछ भन्ने लाग्छ । अन्तर्राष्ट्रिय विमानस्थल पोखरा लेकसाइट भन्दा टाढा रहेको छ । विमानस्थल प्रवेश गर्न दुई घण्टा अगाडि नै आउनुपर्ने हुन्छ । त्यही अनुसार यात्रुहरूलाई जानकारी दिएका छौं । एयरलाइन्सले सहज र सरल भाडादर कायम गरेका छौं । पोखराबाट डेढ दर्जन उडानहरू भरिरहेका छौं । बुद्ध एयरलाइन्सले पोखराबाट सुरुवातमा बनारस उडानको लागि अनुमति दिने निकायहरूमा पत्राचार गरेका छौं । अनुमति पाएसँगै बनारस उडान भर्न तयार छौं । भरतपुर–पोखरा,नेपालगञ्ज–पोखरा उडान गर्नेछौं ।’ प्रवक्ता कर्णले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउँदा यात्रु र पर्यटकहरूलाई समेत सहजता हुने बताए ।

-न्युज एजेन्सी नेपालबाट

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार