झापा । मैनाली समाज नेपाल झापाले आठौं औं बार्षिक साधारणसभा तथा चौथो अधिवेशनमा मैनाली समाजका बिभिन्न बिधामा उत्कृष्ट ब्यक्तित्वलाई सम्मान तथा पुरस्कृत गरेको छ ।

मैनाली समाजले जेष्ठ नागरिक, उत्कृष्ट छोरीबुहारी, एसईईमा उत्कृष्ट नतिजा ल्याउने बिद्यार्थी, उत्कृष्ट प्रतिभा, बिशेष योगदान पुर्याउने बन्धु, उत्कृष्ट समाजसेवीलाई सम्मान तथा अभिनन्दन गरेको छ । मैनाली समाजले शुक्रवार (आज) कनकाई नगरमा आयोजित बार्षिक साधारण तथा चौथो अधिवेशनका क्रममा उनीहरुलाई सम्मान तथा पुरस्कृत गरेको हो । समाजले २०७८ सालको एसईईमा उत्कृष्ट नतिजा ल्याउने दर्शन मैनाली, कुसुम मैनाली, रिया मैनाली र सुजल मैनालीलाई नगदसहित सम्मान गरेको छ । जसमा दुईजना सामुदायिक र दुईजना संस्थागत बिद्यालयका हुन् । सामाजिक तथा धार्मिक क्षेत्रमा क्रियाशील शिवहरि मैनाली र मोहन मैनालीलाई सम्मान तथा अभिनन्दन गरिएको छ ।

त्यसैगरी चेलीको रुपमा सुस्मिता मैनाली (लामिछाने) र उत्कृष्ट बुहारीको रुपमा सोभा सत्याल मैनालीलाई सम्मान गरिएको छ भने उत्कृष्ट प्रतिभाका रुपमा यस बर्ष चार्टड एकाउन्टेन एन्जिला मैनालीलाई सम्मान गरिएको छ । त्यस्तै प्रत्येक बर्ष झापा जिल्लाका बिबिध क्षेत्र मध्ये कुनै एक क्षेत्र छनौट गरी उत्कृष्ट कार्य गर्ने एक जनालाई सम्मान तथा पुरस्कृत गर्ने गरेको र यसबर्ष सामाजिक, धार्मिक तथा शैक्षिक क्षेत्रका अग्रणी ब्यतित्व चिरञ्जिवी उप्रेतीलाई मैनाली समाज सेवा पुरस्कारबाट सम्मानीत गरिएको छ ।

मैनाली बन्धुका ७५ बर्ष टेकेका मातापिता सम्मान अन्तरगत यसबर्ष ११ जनालाई सम्मान तथा अभिनन्दन गरिएको छ भने २०७८ सम्ममा १ सय ७३ जना मातापितालाई सम्मान तथा अभिनन्दन गरिसकेको जनाइएको छ । मैनाली समाज झापाका अध्यक्ष डिल्लीराम मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा केन्द्रिय उपाध्यक्ष मिनप्रकाश मैनालीको प्रमुख आतिथ्य रहेको थियो । स्वागत झापा उपाध्यक्ष श्रीप्रसाद मैनालीले गरेको कार्यक्रममा प्रमुख अतिथि मैनाली, केन्द्रिय सदस्य तथा बंशावली प्रकाशक तथा सम्पादक केदारनाथ मैनाली, सम्मानीत ब्यक्तित्व चिरञ्जिवी उप्रेतीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सचिव रामप्रसाद मैनालीले गरेका थिए । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।

 

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार