रौतहटको चन्द्रनिगाहपुर गौर सडकखण्डमा म्याजिक र मोटरसाइकल एक आपसमा ठक्कर खाँदा दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा मोटरसाइकलमा सवार माधवनारायण नगरपालिका २ का ६५ वर्षीय परमात्मा साह र वडा ३ का ५५ वर्षीय गौकरण राय यादव रहेको इलाका प्रहरी कार्यालय गरुडाले जनाएको छ।

जिल्ला प्रहरी निमित्त प्रवक्ता डिएसपी उमशंकर यादवका अनुसार ना.१ ज ६७४९ नम्बरको म्याजिक र बा ३९ प ६८६५ नम्बरको मोटरसाइकल जुध्दा मोटरसाइकलमा सवार साह र यादव दुबै जनाको टाउकोमा चोट लागेर गम्भीर घाइते भएका थिए । घाइते दुबै जनाको उपचारको क्रममा तराई सिटी अस्पतालमा मृत्यु भएको डिएसपी यादवले बताएका छन् । दुर्घटनामा परेका सवारी तथा म्याजिक चालक चन्द्रपुर ४ का २७ वर्षीय सहुल मियाँ नियन्त्रणमा रहेको तथा घटना बारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार