बागलुङ नगरपालिका–८ स्थित सिगानामा यस वर्ष झण्डै ३ करोडको सुन्तला उत्पादन भएको छ । उत्पादन बढेपछि यतिबेला यहाँका किसानलाई सुन्तला बिक्री गर्न चटारो भएको छ । सिगानामा पुसको दोस्रो हप्तासम्म ७५ प्रतिशत सुन्तला बिक्री भइसकेको छ । ‘सुन्तला जोन’का रूपमा जिल्लामा आफ्नो परिचय बनाउँदै आएको यहाँका किसानले यसवर्ष सुन्तला बिक्रीबाट साढे २ करोड बराबरको सुन्तला बिक्री गरिसकेका छन् भने अझै ५० लाखको सुन्तला बिक्री हुन बाँकी छ ।

८ रोपनी जग्गामा व्यावसायिक सुन्तला खेती गरेका अगुवा किसान अनन्तबहादुर खड्काले यस वर्ष ५ लाखमा आफ्नो सुन्तला बगान पोखराका व्यापारीलाई बिक्री गरेको बताए । उनले यस वर्ष सुन्तलाको उत्पादन बढे पनि मूल्य भने बनढेको बताए । यस वर्ष सुन्तलाको राम्रो दाना फलेको भन्दै अगुवा किसान राम बहादुर खड्काले केहीले बोट नै ठेक्कामा दिएका र केहीले सुन्तला टिपेर बागलुङ र पोखराको बजारमा पठाएको जानकारी दिए ।

उनले औँशे कीराको प्रकोपले सुन्तलामा सामान्य क्षति गरे पनि सुन्तलाको उत्पादन गत वर्षको तुलनामा बढेको र दानासमेत राम्रो लागेको बताए । गत वर्ष यहाँका किसानले सुन्तला बिक्रीबाटै २ करोड ५० लाख आम्दानी गरेका थिए ।

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार