काठमाडौं -उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले पदभार ग्रहण गरेपछि निर्मला पन्तको हत्याबारे न्यायिक छानविन गर्ने पहिलो निर्णय गरेका थिए ।  सो निर्णय अनुसार उनले आफ्नो कार्य प्रकृया अघि बढाउन निर्देशन दिएका छन् । डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको छ ।

१३ वर्षीया निर्मलाको ह त्यामा संलग्न रहेको आशंकामा अनुसन्धान टोलीले दुई जनाको रगतको नमुना संकलन गरेको छ । सिंहका अनुसार रगतको नमूना काठमाडौंस्थित प्रहरीको विधि विज्ञान प्रयोगशालामा डीएनए परीक्षणका लागि पठाइसकिएको छ ।

यसअघि पक्राउ गरिएका दिलिपसिंह विष्टको डीएनए भजाइनल स्वावसँग नमिलेपछि उनलाई रिहा गरिएको थियो । निर्मला पन्तको ह त्या अनुसन्धान गर्न गठन गरिएको डीआईजी दुर्गा सिंह नेतृत्वको समितिले कञ्चनपुरमा गएर अनुसन्धान शुरु गरेको थियो ।गृहमन्त्रीको निर्देशनमा प्रहरी प्रधान कार्यालयले केन्द्रीय अनुसन्धान ब्यूरोकी डीआईजी दुर्गा सिंहको नेतृत्वमा अनुसन्धान समिति गठन गरेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार