जलथल ,२३ पौष । हल्दिवारी ४ मा एकैरात स्थानीयहरुको १० बिगाहा भन्दा बडी खेतमा लगाएको धानको ७ वटा कुन्युमा आगोलागी भएको छ ।
स्थानीय पदम शिवाकोटी ,अग्नि सिवाकोटी , राम ढकाल र बडाराम हेमरमको थ्रेसर लगाउन तयार गरेको धानको कुन्युमा राती आगो करिब ९:४५ को समयमा आगो लागेको स्थानीय बताउछ्न ।
प्रहरीकाे प्रारंभिक अनुमान अनुसार साढे सात सय मन धान जलेर नष्ट भएकाे छ । करिब १ किलोमिटरको दुरिमा रहेको उनीहरुको धानमा कस्ले आगो लगायो त्यो अनुसन्धानको बाटो रहेको स्थानीय प्रहरी बताउछन् ।
आगो निभाउन भद्रपुर, काकरभिट्टा तथा बिर्तामोड नगरपालिकाको दमकल आएपनि धानबाली पुर्णरुपमा नस्ट भएको छ। स्थानीयले आगो निभाउन प्रयत्न गरेपनि आगो निभाउन नसकिएको उनिहरु बताउछन् । राती लागेको आगो अहिले बिहान ८ बजे सम्म बलिरहेको देख्न सकिन्छ ।
स्थानीय सरकार प्रति स्थानीय ले गुनासो गरेका छ्न ।
आगो लागेको जानकारी स्थानीय सरकारलाई दिन खोज्दा फाेन समेत नउठाएको उनीहरुको गुनासो छ ।
सेवा सुबिधाको लागि ७० लाखको सुबिधा सम्पन्न गाडि प्रयोग गर्ने जनप्रतिनिधिले गाउँमा एम्बुलेन्स र दमकलको व्यवस्था समेत गर्न नसक्नु उनीहरुको जनता प्रतिको उतरदाहित्व कस्तो छ प्रस्ट हुन्छ ।




