यही हो मौका लुटेर खाउ
सकिन्छ भने आफ्ना जति जुटेर खाउ
मिल्छ भने त मिलेरै खाउ
मिल्दैन भने त कुटेरै खाउ
सिमाना जति पेलेर खाउ
सक्छौ भने सगरमाथा पनि ठेलेर खाउ
घण्टी बजाएरै पनि खाउ
घण्टा बजाएर भए पनि खाउ
लौरो टेकेरै भए पनि खाउ
हलो जोतेरै भए पनि खाउ!

संविधानका नटबल्टु पगालेर खाउ
संविधानका धाराहरु खोलेर खाउ
बालाजुका बाईस धारा पेलेर खाउ
केक काटेर खाउ
डेक काटेर खाउ
लेख काटेर खाउ
हिमाल् पहाड तराई काटेर खाउ!

मेची महाकाली सबै खाउ
कालापानी लिपुलेक लिम्पियाधुरा खाउ
चुच्चे नक्सा काटेर खाउ
होलिवाइन मार्सी खाउ
पानी जहाज रेल चढेर खाउ
अझै एक कदम अगाडि बढेर खाउ
भो अझै खान नछोड खाउ
बानी परेकैछ मिलाएर खाउ
मौका आउन्न फर्की अरुलाई फुलो पारेर खाउ
नेपाल आमाको मुटु दुलो पारेरै खाउ!

तेल खाउ महगीको भेल खाउ
कार्पेट गाडी सारीमा कमिसन खाउ
ऐना पर्दा सारा पेलेर खाउ
सुनको लौरो गालेर खाउ
अलिकति सत्ताको मोर्चा हालेर खाउ
सुकुम्बासीको नाउँमा ललिता निवास खाउ!

पशुपतिको जलारी खाउ
हवाई जहाज पेलेर खाउ
तेल खाउ आयो नुन खाउ
तेत्तीस कुइन्टल सुन खाउ
जनताको रगत पसिना खुन खाउ
खाडीको पसिना खाउ
तुसारो असिना खाउ
पानी लाउने कुलो नखनेरै खाउ
गाडी चल्ने सडक दुलो खनेर खाउ
अर्को जुनिमा के हुन्छ थाहा छैन अहिले खाउ!

योजना बनाएर मिलाएर खाउ
कागजमा मिलाएर कोरेर खाउ
सिंहदरबारका भित्ता फोरेर खाउ
इज्जत नै के छ र लाज पचाएर खाउ
हिजो हजारमा खायौं
आज लाख लाखमा खाउ
हिजो जङ्गलमा खायौं
आज शहरमा खाउ रहरमा खाउ
बाजा बजाएर खाउ
राजा भजाएर खाउ!

प्रधानमन्त्री उपप्रधानमन्त्री बनेर खाउ
मन्त्री राज्य मन्त्री बनेर खाउ
राष्ट्रपति बनेर खाउ
दुई मिटेट माननीय सदस्य भन्दै खाउ
तौल घटाएरै भए पनि खाउ
दुब्लाएर होइन मोटएर खाउ
जिब्रो फड्काएर खाउ
हलो अड्काएर खाउ!

न्यायलयका धारा पगालेर खाउ
अक्तियारलाई सगालेर खाउ
तिमी म्यादी हौं म्याद भित्रै मिलाए खाउ
एक अर्काको भुडी चिलाए कन्याएर खाउ
ढुकुटीको सारा खन्याएर खाउ
कर खाउ घर खाउ थर खाउ
भनेको नमान्नेलाई थर्काएरै खाउ
हाडी घोप्टे रहेछौं घोप्ट्याएरै खाउ
अल्झायो भने नाकको डाडी चेप्ट्यारै खाउ
खाडी खाउ अब त इज्जतको के काम नाकको डाडी खाउ!

धरहराको भर्‍याङ खाउ
रानी पोखरीको करङ खाउ
सक्छौ भने घणटघरको रालो खाउ
शक्ति पुगे बार्दलिको पालो खाउ!
तिमीलाई कुर्सी चाहिने भए पछि पलङ काटेर खाउ
हाम्रा गाम तिर त भक्का पाको कि पाकेन चढेर हेर्न काम लाग्ला भ्यूटावर
तिम्रो गाममा के काम काटेर खाउ भ्यूटावर
हाम्रो नेपालमा अत्यन्त चन्चलेछ काटेर खाउ समय अन्तिम हावर!

देश खाउ प्रदेश खाउ
नघाए अझै गाउँ खाउ शहर खाउ
त्यत्तिले नपुगे गरिबका पसिना रहर खाउ!
हँसिया हथौड़ा पगालेरै खाउ
विदेशी वादलाई अगालेरै खाउ
जन मत खाउ अनमत्त भएर खाउ
दल फुटाएरै भए पनि खाउ
विश्वास टुटारै भए पनि खाउ
धोका दिएरै खाउ
नपुगे अरुबाट दुई चार खोका लिएरै खाउ
कलम कापी जुटाएरै भए पनि खाउ
यही हो मौका खान सम्म खाउ!


राज कुमार कार्की
धन्यवाद ।
शुभ बिहानी ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार