काठमाडौं । सम्पादक समाज नेपालको २०७९ पुस २२ गते बसेको कार्यसमितिको बैठकले “गोविन्द वियोगी पत्रकारिता पुरस्कार—२०७९” न्यूज २४ का कार्यक्रम संयोजक नवराज चालिसेलाई प्रदान गर्ने निर्णय गरेको छ । 

यसैगरी यस नेपालफेस डटकमका सम्पादक माधव पौडेललाई यस वर्षको “गोविन्द वियोगी विशेष पत्रकारिता पुरस्कार”बाट पुरस्कृत गर्ने निर्णय पनि समाजले गरेको छ । 
सम्पादक समाज नेपालका संस्थापक अध्यक्ष स्व.गोविन्द वियोगीको स्मरणमा स्थापना गरिएका यी पुरस्कारको राशी क्रमशः. २५,००१।— र  १५,००१।— रहेको छ ।

समाजको सोही बैठकले नेपालमा टेलिभिजनको स्थापना र प्रशारणमा अमूल्य योगदान पु¥याउनु हुने निर शाह, वरिष्ठ पत्रकार खिलध्वज थापा, बुँद राना र विमला तुम्खेवालाई सम्पादक समाज सम्मान २०७९  द्वारा सम्मानित गर्ने निर्णय गरेको महासचिव श्याम डोटेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

स्व. गोविन्द वियोगीको स्मृत दिवस पारेर सम्पादक समाज नेपालद्वारा प्रदान गरिने यी पुरस्कार र सम्मान समाजको शिवपुरी—७, गोविन्द वियागी मार्ग, सूर्यचौरस्थित आफ्नै भवनमा आगामी २०७९ माघ ७ गते शनिवारका दिन हस्तान्तरण गर्ने पनि बैठकले निर्णय गरेको छ । 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार