जनक राजवंशी/हल्दिबारी, पौष २७ । सिग्मा अंग्रेजी विद्यालयको २७ औं बार्षिक उत्सव विद्यालयका प्रिन्सिपल नरेश पराजुलीको अध्यक्षता तथा हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङ्देनको प्रमुख आतिथित्यतामा भब्यताका साथ सम्पन्न भएको छ ।

राष्ट्रिय एकता दिवसको अवसर पारेर आयोजना गरिएको २७ औं बार्षिक उत्सवमा हल्दिबारी मा.वि.का पुर्व शिक्षक भिम बहादुर श्रेष्ठ लाई शिक्षा क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै सम्मान गरिएको थियो । वि.सं. २०३८ साल देखी शिक्षा पेशामा लाग्नु भएका श्रेष्ठलाई सिग्माले हल्दिबारीको विशिष्ठ शिक्षा सेवीको रुपमा सम्मान गरेको सम्मान पत्रमा उल्लेख गरेको छ । उनलाई प्रमुख अतिथि रविन्द्र प्रसाद लिङ्देन, विशिष्ठ अतिथि गोविन्द लम्साल, हल्दिबारी मा.वि. का संस्थापक प्र.अ. नरेन्द्र कुमार कार्की लगायतले दोसल्लाह ओढाएर सम्मान गरेको हो ।

सोहि अवसरमा एक कुशल र जिम्मेवार अभिभावको रुपमा हल्दिबारी–२ निवासी श्री पुष्पराज घिमिरे र उर्मिला घिमिरे लाई समेत सम्मान गरिएको थियो । घिमिरेका ३ सन्तान संदिप घिमिरे एस.एल.सी २०६७ मा ८२.१३ %, सुदिप घिमिरे एस.एल.सी–२०६९ मा ८२% र सुभेक्षा घिमिरे एस.एल.सी–२०७१ मा ८६% सहित तिनै जना विशिष्ट श्रेणीमा उतिर्ण भएका थिए । त्यसै गरि यस विद्यालयमा शैक्षिकसत्र २०७८ मा छात्रा तर्फ एस.ई.ई. परिक्षामा जि.पि.ए. ३.३० सहित उत्कृष्ट नतिजा हासिल गर्न सफल मुना घिमिरेलाई नगद सहित कदर–पत्र प्रदान गरिएको थियो ।

 

तस्बिर : नेत्र बिक्रम बिमली

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार