हल्दिवारी ,२७ पौष । पृथ्वी जयन्ती तथा रास्ट्रीय एकता दिवसको अवसरमा आज साझ हल्दिवारी गाउँपालिकामा दिप प्रज्वलन गरि मनाईएको छ ।

हल्दिवारी गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विभिन्न पार्टीका प्रतिनिधि , जनप्रतिनिधि ,कर्मचारी , सुरक्षा निकायका प्रतिनिधि तथा सञ्चार कर्मि लगायतको उपस्थित रहेको थियोे ।
गाउँपालिका अगाडि रहेको रास्ट्रीय झण्डा मुनी  ३०१ औं पृथ्वी जयन्ती तथा रास्ट्रीय एकताका प्रतीक पृथ्वीनारायण शाहको तस्बिरमा माल्यपण गर्नुका साथै  दिप प्रज्वलन गरीएको थियो ।
उक्त अवसरमा गाउँपालिका अध्यक्ष रवीन्द्र प्रसाद लिङ्गदेनले  नेपाल एकीकरणका नायक बडामहाराज धिराज  पृथ्वीनारायण शाहले दिएको योगदान र गरिमाको कदर स्वरुप नेपाल सरकारले सार्वजनिक बिदा समेत दिएको उल्लेख गर्दै खुसी व्यक्त  गर्दै उपस्थित सबैलाई धन्यवाद दिदै शुभकामना व्यक्त  गर्नु भएको थियोे ।
आगामी बर्षहरुमा विशेष कार्यक्रमका साथ दिवस मनाउने प्रतिबद्धता जनाउदै पालिका उपाध्यक्ष लक्ष्मी देवी मैनालीले स्वागत गर्नु भएको थियो । उक्त कार्यक्रमको सहजीकरण गाउँपालिका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष देवी बहादुर थापाले  गर्नु भएको थियोे ।
त्यसैगरी हल्दिवारीका सक्रिय युवाहरूको समुहले दिउँसो गाउँपालिका परिसरमा पृथ्वी जयन्ती तथा रास्टिय एकता दिवस मनाएका छ्न ।
राप्रपा निकट युवाहरूको समुहले नेतृत्व तहले बेवास्ता गरेको भन्दै  दिउँसो नै भव्यताका साथ दिवस मनाएको जनाएका छ्न ।

 

 

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार