जलथल । हल्दिवारी गाउँपालिका वडा नम्बर ४  बस्ने ६५ बर्षिय  क्यान्सर पीडित बिस्णुमाया शेर्पालाई कृष्णसागर अंग्रेजी  बिद्यालयले ३० हजार ५५० रुपैयाँ  बराबरको  सहयोग गरेको छ ।

उक्त विद्यालयमा अध्यनरत छात्र राज राजवंशीको हजुरआमा बिस्णुमाया शेर्पा  स्तन क्यान्सरबाट ग्रसित भएकोले उनलाई विद्यालयले नगद ५ हजार सहयोग गर्नुको साथै पीडित शेर्पाको छोरीको छोरा  कक्षा ६ मा अध्यनरत राज राजवंशी मावली घरमै बस्ने हुँदा उनको यो बर्षको सम्पुर्ण शुल्क २५,५५० छुट गरेको समेत विद्यालयाका शिक्षक योगेश कार्कीले जानकारी दिएका छ्न ।
कृष्णसागर अंग्रेजी  बिद्यालय हल्दिबारी  – ४ ले निज विद्यार्थीलाई विद्यालयमा अध्यन गरेसम्म सम्पुर्ण शुल्क मिनाहा गर्दै निशुल्क पठाउने समेत घोषणा गरेको कार्कीले बताउनु भयो ।
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार