काठमाडौं । अभिनेता पल शाहले चलचित्र ‘ओ सजन’बाट कमब्याक गर्ने भएका छन् । शाहले तनहुँ जिल्ला कारागारमा सजाय काटेका छन् । त्यहाबाट हिा भएपछि ‘ओ सजन’ बाट कम ब्याक गर्ने भएका हुन् ।

चलचित्रमा शाहका अलवा कविता राय र आरएल लामा मुक्तान मुख्य भूमिकामा रहेका छन् ।राया फिल्म्सको ब्यानरमा निर्माण हुने यस चलचित्रको शुक्रबार चलचित्र बिकास बोर्डमा दर्ता गरी इजाजतपत्र लिइएको छ ।

शाह र रायले यसअघि ‘ओ सजन’ बोलको थारु गीतमा काम गरिसकेका छन् । गीतझैं चलचित्र पनि थारु समुदायको कथामा निर्माण हुन लागेको हो ।

कानूनी झमेलामा फस्नुअघि नै सम्झौता पलले यो फिलमका लागि सम्झोता गरेको बताइएको छ ।शिवम् अधिकारीको लेखन तथा निर्देशनमा बन्न लागेको यस चलचित्रको छायांकन शाह कारागारबाट रिहा भएपछि हुनेछ ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार