मेचिनगर ,३ माघ । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाको तेस्रो विस्तारित बैठक आज मंगलबार झापाको बाहुनडाँगीमा सम्पन्न भएको छ ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि) को अध्यक्षता तथा केन्द्रिय महासचिव देव गुरुङको प्रमुखको आतिथ्यमा सम्पन्न बैठकले जनताको बिच हातेमालो गर्दै जान  सबैलाई आह्वान समेत गरेको छ ।
बिषम परिस्थितिको बिचबाट माओवादी केन्द्र अगाडि बडी रहेको जिकिर गर्दै महासचिव गुरुङले पार्टी संगठनलाई थप सृदिढ गर्दै अगाडि बढ्ने समेत बैठकमा बताए । पार्टी प्रति जनताको उत्साह र चाहना बढेकाले आगामी निर्वाचनमा देशको पहिलो पार्टी बनाउने हिसाबले गुटबन्दीको अन्त्य गर्दै अगाडि बड्न समेत उनले बैठकमा सहभागीलाई निर्देशन गरेका छ्न ।
माओवादी केन्द्र जिल्ला समन्वय समिति झापाका संयोजक राजु आचार्य (अग्नि)ले प्रस्तुत गर्नु भएको विशेष प्रस्ताव प्रति प्रमुख अतिथि लगायत नेताहरूले आआफ्नो धारण राखेका थिए ।
उक्त कार्यक्रममा  पार्टीका केन्द्रीय सचिव राम कार्की, केन्द्रीय सदस्य झलकसिंह दर्लामी , नेता हरिकुमार राना लगायतले  मन्तव्य राखेका थिए । उक्त अबसरमा  गत स्थानीय चुनावमा निर्वाचित भएका पार्टीका जनप्रतिनिधिलाई सम्मान समेत गरिएको थियोे ।
कार्यक्रममा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा प्रदेश नं १ कमिटीका सहायक इन्चार्ज साबित्रीकुमार काफ्ले ‘समर’, केद्रीय सदस्य लक्ष्मी न्यौपाने, केन्द्रीय सदस्य रन्जित तामाङ,केन्द्रीय अनुसशासन आयोग सदस्य  पूर्ण प्रसाद  राजवंशी, प्रदेश अध्यक्ष हर्क नेम्बाङ ‘मिक्सो’, उपाध्यक्ष विजय साम्पाङ, , प्रदेश सचिवालय सदस्य सिपी कडरिया, बोधराज दाहाल, पुरुषोत्तम चुडाल, , प्रदेश सभा सदस्य बन्दना झाँगड ‘अनिशा’ लगायतको आतिथ्यता रहेको थियो ।
बैठकमा पार्टीका जिल्ला कमिटी सदस्य तथा जनवर्गीय संगठनका संयोजकसहित करिब ५ सय जना सहभागीता रहेको बैठक  माओवादी केन्द्रका जिल्ला सचिव मोहन टुडुले सहजीकरण  गरेको कार्यक्रममा मेचीनगर अध्यक्ष राजन चिमरिया स्वागत गरेका थिए ।
 
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार