जलथल , ४ माघ । हल्दिबारि गाउँपालिका वडा नम्बर ३ ढडुवा चोक दक्षिण रमेश भण्डारीको घरमा आगलागी भएको छ । आज  दिउँसो करिब २ :१५  बजेतिर घरमा कोहि नभएको अवस्थामा आगलागि भएको स्थानीय प्रहरीले जनाएको छ ।

भण्डारीको घरमा बस्ने किरण मगर र भण्डारी समेतको गरि करिब १५ लाख बराबरको क्षयती भएको पारम्परिक अनुमान गरीएको वडा अध्यक्ष बिस्णु प्रसाद ओलिले बताए ।

वडा अध्यक्ष ओली र स्थानीय समाजसेवी सन्तलाल मेचे लगायतले उनीहरुको लागी आवस्यक पर्ने खाद्य सामाग्री र लत्ताकपडा उपलब्ध गराएको स्थानीयले बताए। ५ जनाको परिवारको लगाएको कपडा बाहेक सम्पुर्ण सामाग्री जलेर नस्ट भएको थियोे ।

आगो नियन्त्रण गर्न भद्रपुर नगरपालिकाको बारुद यन्त्र तथा प्रहरी र स्थानीयको सहयोग रहेको थियो ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार