✍️ राज कुमार कार्की

म मान्छे हुुँ
चालीस वर्ष सम्म
मेरो आफ्नो आयु हो
युवा अवस्थामै जानु पर्ने भो
त्यसैले सृष्टि कर्ताले
एकछिन विचार गर्नु भो
अनि गोरु , कुकुर र लाटो कोसेरोको आयु थप्दिनु भो!

चालीस पछि थपियो पहिले गोरुको आयु
मान्छेलाई बीस वर्ष थप्नु भो
त्यसैले सृष्टि कर्ताले
गोरु जस्तो बोझ बोकेर सन्तानको पालन पोषण गर्न
सन्तानको विवाह पढाइ लेखाइ पुरा गर्न।

दोश्रो बीस वर्ष कुकुरको आयु थलियो
सन्तान आमा बाबुको मुख हेर्न आउलान भनि कुकुरले झैँ आशा पर्खाइ
कुकुर जस्तो टुलुटुलु बाटो हेरेर पर्खाइ
सन्तान भेट्न् आउलान खान ल्याउन देलान्!

तेस्रो बीस वर्ष लाटो कोसेरोको थप आयु
एकासी बर्ष लागेपछि दिनमा सुत्ने
अनि रातभर निन्द्रा नलाग्ने
अनि राति एक्लै टोलाएर बस्नु पर्ने
किनभने त्यो आयु लाटो कोसेरोको आयु हो।

त्यसैले म मान्छे अर्काको आयुमा बाच्दै छु
दिन दिनै दु:ख कष्ट हन्डर खादै छु
आर्काको आयुमा बाचेको मान्छे म
त्यसैले मान्छेको आफ्नो आयु चालीस!
म गोरु, कुकुर र लाटो कोसेरो हुुँ!
मान्छेले विवेक गुमाइ सकेको छ
मेरो आफ्नो वास्तविक आयु चालीस हो!गोरुको बीस वर्ष कुकुरको आयु बीस वर्ष
लाटो कोसेरेको आयु बीस वर्ष थपेर बाचेको मान्छे म!
त्यसैले म मान्छे पशु हुँ!

धन्यवाद।
शुभ बिहानी ।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार