संघीय संसद् भवनअगाडि मंगलबार दिउँसो आत्मदाहको प्रयास गरेका प्रेमप्रसाद आचार्यको निधन भएको छ।
बर्न अस्पतालमा उपचारका क्रममा उनको निधन भएको डा. किरण नकर्मीले निधनको पुस्ठि गरेका हुन ।
आफैँलाई आगो लगाउनुअघि आचार्यले फेसबुकमा लामो स्टाटस लेखेका थिए। आफूले गरेको व्यवसाय र कर्मबाट केही उपलब्धि हात पार्न नसकेको, देशमा पढ्दा, जागिर खाँदा, व्यापार गर्दा र रोजगारीका लागि विदेश जाँदा आफू ठगिएको, लुटिएको उनको गुनासो थियो। अन्तिममा डिप्रेसनले सताउँदा समेत कसैको साथ नपाएको भन्दै उनले मृत्युको बाटो रोजेको बताएका थिए।
श्रोत – नेपालखबर
याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
+1
+1
+1
+1
+1