जिल्ला प्रहरी परिसर काठमाडौंले मंगलबार राति सूचना जारी गरी खुलारूपमा पेट्रोलियम पदार्थको बिक्री वितरण नगर्न आग्रह गरेको हो। सूचना विपरीत पेट्रोलियम पदार्थको बिक्री वितरण गरिएको पाइएमा प्रचलित कानून कारबाही हुने प्रहरीले चेतावनी दिएको छ।

खुला रुपमा बिक्री गर्दा, असुरक्षित ओसारपसार गर्दा र घर, पसलमा भण्डारण गर्दा आगलागी हुने र मानवीय क्षति एवं भौतिक क्षतिसमेत हुने बताइएको छ।

जिल्ला प्रहरी कार्यालय काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले पछिल्लो समय काठमाडौंका केही पेट्रोलपम्पबाट खुला रूपमा बोत्तल, जर्किन लगायत भाँडोमा अति प्रज्ज्वलनशील पदार्थ बिक्री वितरण भएको भन्दै त्यसलाई तत्काल रोक्न पेट्रोलपम्प सञ्चालकलाई आग्रह गरेका छन्। पेट्रोलपम्पबाट सिधैं सवारीसाधनमा भर्नेबाहेक खुलारूपमा बिक्री वितरण नगर्न, नगराउन सञ्चालकलाई सूचित गरिएको प्रहरीले जनाएको छ।

मंगललबार दिउँसो इलामका प्रेमप्रसाद आचार्यले काठमाडौंको नयाँ बानेश्वरस्थित संसद् भवनअगाडि शरीरमा पेट्रोल छर्किएर आत्मदाह गर्ने प्रयास गरेका थिए। उक्त घटनापछि प्रहरीले पेट्रोलियम पदार्थ खुला रुपमा बेचबिखन नगर्न आग्रह गरेको हो।

याे खबर पढेर तपाईलाई कस्ताे महसुस भयाे?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार